काठमाडौं ।
काठमाडौंको दक्षिणकालीको फर्पिङमा विद्यार्थी सवार स्कुल बस दुर्घटना भएको छ । स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बसका चालक रामकृष्ण थापा मगर र ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन् ।
दक्षिणकाली नगरपालिका-३ फर्पिङमा आइतबार दिउँसो ४ बजे जुनकिरी इंग्लिस स्कुलको बा१क ५६६४ नम्बरको बस दुर्घटना हुँदा ४१ जना घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।











प्रतिक्रिया