काठमाडाैं ।
नेपाली सेनाले प्युठान जिल्ला, मल्लरानी गाउँपालिका वडा नं. ३ धरमपानीस्थित स्थानीयको घर नजिकै फेला परेकाे शङ्कास्पद वस्तु निष्क्रिय पारेकाे छ ।
आइतबार नेपाली सेनाको बम डिष्पोजल टोलीले उक्त वस्तु सुरक्षित साथ निष्क्रिय पारेको हो ।
स्थानीयको घर नजिकै शङ्कास्पद बस्तु विस्फोट हुँदा ११ वर्षका बालक घाइते भई प्राथमिक उपचारपछि थप उपचारको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जानकारी दिएकाे छ ।











प्रतिक्रिया