रक्षा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि…


काठमाडौं ।

रक्षामन्त्री मानवीर राई सवार गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ।

मन्त्री सवार गाडीले आइतबार बिहान १० बजेतिर माइतीघरमा मोटरसाइकललाई ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहहीका अनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सामान्य क्षति पुगेको छ भने मोटरसाइकलको लुकिङ ग्लास फुटेको छ । चालक भने सकुशल रहेका छन् ।