प्रयागराजको महाकुम्भ मेलाको विशेषता

3.1k
Shares

महाकुम्भ मेला एउटा दुर्लभ र विशेष पर्व हो, जुन प्रत्येक १२ वर्षमा प्रयागराजमा भव्य रूपमा मनाइने गरिएको छ । सन् २०२५ को महाकुम्भ विशेष रूपमा महत्वपूर्ण मानिएको छ ।


यो दुर्लभ खगोलीय घटनासँग जोडिएको छ । जुन १ सय ४४ वर्षमा एकपटक मात्र हुन्छ । यो शुभ खगोलीय संयोजन समुद्र मन्थनको कथासँग सम्बन्धित छ । प्राचीन ग्रन्थमा उल्लेख गरिए अनुसार देवता र राक्षसबीच अमृतका लागि युद्ध भएको थियो । देवराज इन्द्रको पुत्र जयन्तले अमृतले भरिएको कलश लिएर भागे, यसलाई सुरक्षित राख्न सूर्यलाई कलश समात्न, चन्द्रमालाई अमृत नझर्न दिन, वृहस्पतिलाई असुरबाट जयन्तको रक्षा गर्न र शनिलाई कुनै पनि विवादको मध्यस्थता गर्न जिम्मा दिइएको थियो ।


पछिल्लो कथा अनुसार देवताले पहिलोपटक अमृतको कलश हरिद्वारमा लगे, त्यसपछि प्रयाग पु¥याए । तर, प्रयागमा परिस्थिति यस्तो भयो कि असुरहरूले कलश कब्जा गर्न लागे । त्यस बेला सूर्य, चन्द्रमा, शनि र बृहस्पतिलाई कलशको रक्षा गर्न पठाइएको थियो । यही क्रममा एक दुर्लभ खगोलीय घटनासमेत भयो । जहाँ सनक, सनन्दन, सनातन र सनत्कुमार नामका चार ऋषि पनि प्रयागमा बसोबास गरेका थिए । यहींबाट कुम्भ मेलाको शुरुआत भएको मानिन्छ ।


यो १ सय ४४ वर्षपछि पहिलोपटक यस्तो खगोलीय संयोजन अहिलेको महाकुम्भमा भएको छ । अमावस्याको तीन घण्टा अगाडि (माघ ३ ) पुष्य नक्षत्र सूर्य, चन्द्रमा, वृहस्पति र शनिसँग लाइनमा हुने छन् । यसले २०८१ को महाकुम्भलाई अहिलेसम्मकै सबैभन्दा शुभ बनाएको छ । कुम्भ मेला प्रत्येक १२ वर्षमा चारपटक मनाइन्छ । प्रत्येक तीन वर्षमा एकपटक प्रयागराज, हरिद्वार, उज्जैन र नासिकामा पालैपालो आयोजना गरिन्छ ।

वृहस्पति, सूर्य र चन्द्रमाको स्थिति तथा कुन राशि (राशि चक्र) मा तिनीहरू छन् भन्ने हेरिन्छ । बृहस्पतिले सूर्यको वरिपरि घुम्न १२ वर्ष लिने भएकाले १२ वर्षको अवधिमा चारपटक कुम्भ मेला मनाइन्छ । प्रयागराजमा कुम्भ मेला तब मनाइन्छ जब वृहस्पति वृष राशि, सूर्य र चन्द्रमा मकर राशीमा हुन्छन् ।