सांसद विनिता कठायतले मागिन् होटेलको सिसिटिभी फुटेज र बिल


काठमाडौं ।

रास्वपाकी सांसद विनिता कठायतले कृषि समितिका सदस्यहरू बसेको होटेलको सिसिटिभी फुटेज झिकाउन माग गरेकी छन् ।

२९ पुसमा कृषि समितिका सदस्यहरू बसेको होटेलको सिसिटिभी फुटेज र बिल भरपाई झिकाउन भन्दै सांसद कठायतले उजुरी दिएकी हुन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उनले पोखरास्थित होटेल ओपन हाउसबाट राति ८ देखि १० बजेसम्मको सिसिटिभी फुटेज झिकाउन माग गरेकी हुन् । उनले सो दिन भएको खर्चको विवरणसहितको बिल भरपाई झिकाउन समेत माग गरेकी छन् ।