– विपी कोइराला प्लानेटोयरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालयमा हेर्ने अवसर
– साझ ६ देखि राती ८ बजेसम्म खुला
– आकाश सफा भए सजिलै देखिने
काठमाडौं ।
भोलि बुध, शुक्र, मङ्गल, वृहस्पति तथा शनिग्रह र २ वटा मधुरा ग्रहका रुपमा चिनिएका अरूण र वरूण एकसाथ आकाशको एउटै भागबाट अवलोकन गर्न सकिन्छ ।
त्यो अवलोकन गर्ने समय यो सातादेखि अन्तिम सातासम्म देख्न सकिनेछ । सुरक्षाकर्मीहरू कवाज खेल्न पङ्तिवद्ध भए जस्तै माघ महिनाभरी हाम्रो सौर्यमण्डलका महत्वपूर्ण ग्रहहरू पङ्तिवद्ध भएर आकाशमा नृत्य गरीरहेको स्पष्ट रूपमा खाली आँखाले देख्न सकिन्छ ।
उत्तरी गोलाद्र्धबाट प्रत्यक्ष रूपमा अवलोकनगर्न सकिने यस रोचक घटनालाई नेपालबाट पनि अवलोकनगर्न सकिने विपी कोइराला प्लानेटोयरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक डा. सनतकुमार शर्माले जानकारी दिए ।
माघ दोश्रो हप्ता देखिचौथो हप्ताको समय माहाम्रो आकाशमा शनि, शुक्र वृहस्पति र मङ्गलग्रहहरूलाई लामबद्ध भएर एउटै पङ्तिमाआकाशमा नृत्य गरीरहेको प्रतित हुने उनको भनाई छ । चारवटा चम्किलाग्रह (सूर्यको प्रकाशको परिवर्तनले गर्दा) बुध, शुक्र, मङ्गल, वृहस्पतितथाशनिग्रहहरू तथा २ वटा मधुरा ग्रहहरू अरूण र वरूण एक साथआकाशको एउटै भागबाट अवलोकन गर्न सकिन्छ ।
त्यो दृश्य अवलोकन गर्न समितिले आज सोमबार साझ २ घण्टा अवलोकन गर्ने व्वयस्था गरेको छ । साझ ६ देखि ८ बजेसम्म सङ्ग्रहालय कीर्तिपुरमा टेलिस्कोपको सहायताले यी ग्रहहरूलाई सर्वसाधारण सबैलाई नि:शुल्क अवलोकन गराउने व्यस्था गरेको कार्यकारी निर्देशक शर्माले बताए।
यस अवधिमा चन्द्रमा मध्यरातमा उदाउनुको साथै यो अर्ध चन्द्राकार हुनाले सूर्य अस्ताउने वितिकै सफा आकाशमा सहज रूपमा दक्षिण पश्चिमदिशादेखि उत्तरपूर्व दिशामा देख्न सकिन्छ ।
मौसम अनुकुल रहेमा हल्का र फिक्का रूपमा रहेको अरूण र वरूण ग्रहलाई पनि टेलिस्कोप र बाइना कुलरको सहायताले अवलोकनगर्न सकिनेछ ।
यी ग्रहहरू पङ्तिवद्ध रहेता पनियिनीहरूको चित्र एकैसाथ लिन कठिन रहने कार्यकारी निर्देशक शर्माले जानकारी दिए। काठमाडौंबाट अवलोकन गर्दा प्रकाश प्रर्दुषण न्यून भएकोस्थानबाट सूर्यास्त पश्चात् यी ग्रहहरूलाई खाली आ“खाले अवलोकन गर्न सकिनेछ ।











प्रतिक्रिया