काठमाडौं ।
मरु भीमसेनस्थानस्थित द रोलिङ स्टोन्स् स्कुलले विभिन्न कार्यक्रम गरी भव्यताका साथ अभिभावक दिवस मनाएको छ ।
शनिबार विद्यालय प्राङ्गणमा भएको कार्यक्रममा ५ सय भन्दा बढी अभिभावहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
अभिभावक दिवसका अवसरमा कुमारी नृत्य, मारुनी गीतमा नृत्य, रिङ डान्स र कौडा डान्स प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नाटकमार्फत विदेशमा जानेहरूको पीडा दर्शाइएको थियो । यस्तै पुलु किसी पनि प्रस्तुत गरिएको थियो । विभिन्न सांस्कृतिक कार्यक्रमको मजा लिँदै अभिभावक र विद्यार्थी रमाएका थिए ।

२० औं वर्ष पार गरिसक्दा स्थानीय सबैको माया र सहयोग पाउन सफल भएको भन्दै विद्यालयले यस पटकको अभिभावक दिवस भव्य र विशेष किसिमले मनाएको हो । नृत्य, गायन, फुटबललगायत खेलमा प्रथम, द्वितीय, तृतीय हुनेलाई विभिन्न पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयका अध्यक्ष सुनीलकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रधानाध्यापक दिरेकलाल श्रेष्ठले विद्यालय गुणस्तर शिक्षा प्रदान गर्न दत्तचित्त भएर अघि बढिरहेको र भौतिक पुर्वाधारलाई अझ बढाउने प्रतिबद्धता जनाउनुभयो । श्रेष्ठले विद्यालयलाई सफल बनाउन योगदान पु¥याउनुभएका शिक्षक तथा कर्मचारीलाई बधाई ज्ञापन गर्दै अभिभावकहरूबाट आगामी दिनमा पनि सदाझैँ सहयोग र माया पाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अभिभावक र विद्यार्थीले यस विद्यालय छनौट गरी सहयोग गर्नु भएकोमा धन्यवाद दिनुभयो । द रोलिङ स्टोन्स् स्कुल कोर क्षेत्रका अभिभावकको पहिलो रोजाइको विद्यालय बन्न सफल हुँदै आइरहेको छ । एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याई मरु क्षेत्रको उत्कृष्ट विद्यालयको परिचय बनाउन सफल हुँदै आइरहेको विद्यालयले जनाएको छ । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको विद्यालयमा व्यवहारिक सिपसमेत सिकाइने गरिएको छ ।
विद्यालयमा १२ वर्ष लामो अनुभव बोकेका शिक्षक, कर्मचारी रहेका छन् भने भव्य भवन, पारिवारिक वातावरण, आवश्यकता अनुसारको भौतिक पूर्वाधार, प्रविधिमैत्री कक्षाकोठा, साइन्स ल्याब, लाइब्रेरी, खेल्दै पढ्ने वातावरण, बास्केटबल, फुटसल खेल्न मिल्ने खेलमैदान विद्यालयका थप विशेषता रहेका छन् ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्रेष्ठले आउने वर्ष व्यवस्थित खेल मैदान तयार गर्न लागिएको जानकारी दिनुभयो । बालबच्चालाई शिक्षाको साथै संस्कारी बनाउनुपर्ने आवश्यकता महसुश गर्दै उनीहरूलाई संस्कारी बनाउने गरी आवश्यक वातावरण दिइएको श्रेष्ठले बताउनुभयो । विद्यालयका अनुसार प्रारम्भिक बालविकासमा भर्ना भएका साना बच्चाहरूलाई प्रयोगात्मक शिक्षा दिइँदै आइएको छ ।
विद्यालयले पठनपाठनका अतिरिक्त विद्यार्थीहरूको क्षमता विकास गर्न खेलकुद, मनोरञ्जन, नृत्यकला, वक्तृत्वकला, चित्रकला, हस्तकलालगायतका विषयमा बढी ध्यान केन्द्रित गरेको छ ।











प्रतिक्रिया