उदयपुर ।
नेपाल निजामती कर्मचारी संगठन उदयपुरको १२ औँ जिला अधिवेसनले पुनः पुण्य पौडेलको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति सर्वसम्मत रुपले चयन भएको छ ।
त्रियुगा नगरपालिका वडा नं ११ स्थित चप्पन सामुदायिक वनको वनभोजस्थल डिम्की मन्दिर नजिक भएको १२ औ जिल्ला अधिवेशन नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्व शहरी विकास राज्यमन्त्री मञ्जु कुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा शुभ कामना मन्तव्य दिंदै उहाँले निजामती कर्मचारी भनेको देशको स्थायी सरकार भएकोले सरकारी नीति नियम तथा कानुन अनुसारका कामहरु गर्दा जनताका कामहरु नै बढी गर्नु पर्ने भएकोले परिणाममुखी काममा ध्यान दिनु पर्ने बताउनुभयो ।

प्रमुख अतिथि चौधरीले नेकपा एमालेका जन वर्गीय संगठनहरु मध्ये नेपाल निजामती कर्मचारी संगठन सशक्त, जुझारु तथा सहयोगी संगठनका रुपमा रहेको हुँदा सुशासन र समृद्धिकालागि निरन्तर लागि रहेको संगठन भएकोले पार्टीले पनि विश्वास गरेको र जनताले पनि भरोसा गर्ने सस्ंथाका रुपमा स्थापित भएको बताउनु भयो ।
सो कार्यक्रममा उदयपुर २ का प्रतिनिधिसभा सदस्य अमर बहादुर रायमाझीले संसदको हिउँदे अधिवेसनका समयमा निजामती सेवा ऐन र शिक्षा ऐन छफफलका लागि टेवल भएकोले पारित हुने कुरामा ढुक्क हुन कर्मचारी संघ संगठनका साथीहरुलाई अनुरोध गर्नु भएकाे थियाे ।
कर्मचारीहरुको पदोन्नती, वृति विकास तथा सिर्जनाका विषयमा पनि संसदमा छलफल भएकोले कर्मचारीहरुले नि समाजमा आफ्नो उत्कृष्ट काम गरेर देखाउनु आवश्यक भएको बताउनु भयो । नेपाल निजामती कर्मचारी संगठन उदयपुरका अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य महेश फुयाल लगायतका नेताहरुले शुभकामना मन्तव्य दिनु भएको थियो ।
उद्घाटन सत्र पश्चात भएको निर्वाचन कार्यक्रममा सर्व सहमतीका आधारमा नेतृत्व चयन भएको घोषणा गरिएको थियो । जसमा अध्यक्षमा पुनः पुण्यप्रसाद पौडेल, उपाध्यक्षमा सीताराम फुयाल, महिला उपाध्यक्षमा बबिता परियार,सचिवमा कृत बहादुर रायमाझी,सह सचिवमा वविन राई र कोषाध्यक्षमा विजय कुमार गेलाल चयन भउका छन् ।
यसैगरी सदस्यहरुमा महिला तर्फ जानुका कार्की, दिपकला राई, विपना पौडेल, रेणुका खड्का, स्थानीय तहबाट रितेश श्रेष्ठ, जनजातीबाट अनिल तामाङ चयन भएका छन । मधेशीबाट केशवप्रसाद साहबाट भेषराज ज्यू ठकुरी, श्रेणी विहीनबाट खेमराज ओझा, खुला सदस्यहरुमा सविन उदास,जीवन कार्की, केशव बन्जारा सर्व सहमतकिा आधारमा चयन भएका छन् ।
यसैगरी स्थानीय तहबाट प्रदेश प्रतिनिधिमा गिरीराज खडका चयन भएका छन भने अन्य प्रदेश प्रतिनिधिहरुमा निर्मल साह, खिलाराज कार्की, नैन बहादुर खड्का, कमला श्रेष्ठ (महिला), जानुका कार्की दंगाल, रेक बहादुर मस्रांगी मगर चयन भएका छन् ।
यस्तै केन्द्रीय प्रतिनिधिमा हिमालय पौडेल, जीवन कुमार थापा, बालकृष्ण आचार्य, कमला निरौला (महिला), र डिगम कार्की चयन भएका छन भने लेखा परीक्षण आयोगमा संयोजकमा दुर्गा आचार्य, दिक्षा सापकोटा, दिपक पन्थी चयन भएका छन् ।











प्रतिक्रिया