नगर स्तरीय विवादित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता, सत्यवादीकाे ६ वटा ईभेन्ट “रि” गर्न माग

11.66k
Shares

बझाङ ।

१२ माघ जयपृथ्वी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा बिवाद भए पछि प्रतियोगिता स्थगित भएकाे छ । आयाेजक समितिले सत्यवादी माध्यमिक बिद्यालय बाट उक्त प्रतियोगितामा भाग लिएका बिद्यार्थीहरू र अन्य बिद्यालयका बिद्यार्थीहरू बिच विभेद गरेकाे भन्दै रनिङ सिल्ड माघ ७ गते विवाद भई सम्पूर्ण कार्यहरू आयाेजकले स्थगित गरेकाे थियाे ।

नगरपालिका स्तरीय रनिङ सिल्डमा सत्यवादी माध्यमिक बिद्यालयलाई सुनियोजित ढंगबाट पन्छाउने कार्य गरेकाे भन्दै शनिबार बिद्यालयकाे बिद्यालय ब्यावस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षकहरू बिच संयुक्त बैठक बसी रनिङ सिल्ड आयाेजक र नगपालिका लगायत विभिन्न सराेकारवालाहरू समक्ष तपशिलका विभिन्न बुदाँहरूमा भएकाे बिवाद सहमति गरि प्रतियोगिता अगाडि बढाउन ध्यानाकर्षण गराउने र ती बुदाहरूमा सहमति नगराई प्रतियोगिता अगाडि बढाए सत्यवादी माध्यमिक बिद्यालयले सहभागीता नजनाउने निर्णय गरेकाे छ ।

बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष नरेन्द्र खड्काकाे अध्यक्षतामा बसेकाे बैठकले निम्न बमोजिमका मागहरू राखिएकाे छ । तपसील (१). छात्र भलिवल फाइनल (२) हाइजम्प छात्र/छात्रा (३). ४गुणा ४०० मि. रिले(४.) १०० मि. दौड छात्र/ छात्रा रहेकाे छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगितामा आयाेजक बिद्यालयकाे प्र अ उक्त प्रतियोगिता /आयाेजक समितिकाे सदस्य सचिव हुने प्रावधान हुन्छ  तर प्रतियोगिता संचालन गर्दा विभिन्न बिषयमा समितिले गरेकाे निर्णयहरूमा सदस्य सचिवले माईनट लेख्नु पर्ने र अनिवार्य हस्ताक्षर गरे मात्र आधिकारीक हुने भन्ने नियमावली मा उल्लेख छ ।

तर साे रनिङ सिल्डमा जयपृथ्वी नगरपालिकाका शिक्षा संयाेजक निरज प्रसाद रेग्मीले हस्तक्षेप गरि सदस्य सचिवले लेख्नु पर्ने माईनट आफै लेखी मनपरि ढंगबाट प्रतियोगिता अगाडि बढाएकाे बिद्यालय परिवारले जनाएकाे छ ।  

२०८१ साल माघ ४ गतेबाट सत्यवादी माध्यमिक बिद्यालय भाेपुरकाे खेलमैदानमा उद्‌घाटन भई माघ ७ गतेसम्म सञ्चालन गएको नगरस्तरीय राष्ट्र‌पति रनिवसिल्ड प्रतियोगिताको दौरानमा हाइजम्प प्रतियोगितामा सत्यवादीको खेलाडी घाइते भई वैकल्पिक खेलाडी राख्ने सन्दर्भमा विवाद भई स्थगित रहेको राष्ट्र‌पति रनिङ्‌सिल्ड प्रतियोगिताका वाँकी खेलका सन्दर्भमा खेल पुनः सञ्चालन गर्नको लागि माथिका ४ बुदामा ६ ईभेन्ट बमोजिमका कार्यक्रमहरू पुनः सञ्चालन गरी उद्‌घाटन भएको स्थानमै प्रतियोगिता समापन हुने वातावरण भएमा मात्र उक्त प्रतियोगितामा सह‌भागी हुने बिद्यालय परिवारले निर्णय गरेकाे छ । 

हाम्रो लागि नगरभित्र रहेका सबै बिद्यालय बराबर हुन् आयाेजकले कुनै पनि बिद्यालयलाई पक्षपात गरिएकाे छैन जयपृथ्वी नगरपालिका खेलकुद समितिका अध्यक्ष  सुरेन्द्र बहादुर सिंहले बताए । उनले भने हामी नगरमा खेलकुद बिकासका लागि लागिरहेका छाै बिद्यालयले आफु अनुकूल हुदाँ राम्रो र नहुदाँ खतम भयाे भन्न नमिल्ने अध्यक्ष सिंहकाे भनाई छ ।