असनमा लागेको आगाे नियन्त्रण


काठमाडौं ।

काठमाडौँको असनमा बिहीबार अपराह्न लागेको आगो नियन्त्रणमा आएको छ। काठमाडौं महानगरपालिका वडा नं.२७ स्थित असनमा  स्थानीयको घरमा लागेको आगो विभिन्न निकाय र स्थानीयले निभाएका हुन्।

नेपाली सेनाको नरसिंहदल गण, रणभैरव गण र शार्दुलजंग गुल्मबाट परिचालित फायर फाइटिङ टोलीले नियन्त्रणमा पहल गरेको थियो। अन्य सुरक्षाकर्मी र स्थानीय पनि आगलागी नियन्त्रणमा उपस्थित थिए।