कामपाले बल्ल आफ्नो सवारी साधनको प्रदुषण परीक्षण शुरु गर्‍याे


काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेको प्रदुषण युक्त सवारी साधन परिक्षण गर्न शुरु गरेको छ । कामपाले अधिकांस सवारी साधन प्रदुषण परीक्षण गरी हरियो स्टिकर टास्ले लाइनमा बसेको छ । न्युन अफ नेपालले कामपाले आफ्नो सवारी साधनको प्रदुषण परीक्षण नगरेको विषयमा समाचार प्रकाशित गरेको थियो ।

लगत्तै प्रशासन विभागले वातावरण व्यवस्थापन विभागलाई पत्र पठाएर सबै सवारी साधनको प्रदुण्षण परिक्षण गर्न पत्राचार गरेको थियो । आजसम्म ५० भन्दा बढी विभागीय प्रमुख र वातावरण व्यवस्थापन विभागको सवारी साधनको प्रदुषण परीक्षण सम्पन्न गरेको छ । कामपाको मातहतमा करिब २ सय २० सवारी साधन छन् । ती मध्ये करिब ८० वटा फोहोर ढुवानी गर्ने सवारी साधन रहेको छ । ती मध्ये अधिकांस सवारी साधन प्रदुषणयुक्त छ । स्रोतका अनुसार कामपाका प्रहरीलेप्रयोग गर्ने ४ वटा सवारी साधनको अवस्ता दयनीय छ । अर्थात प्रदुषणयुक्त ती सवारी साधनको परिक्षण गरेको छैन । ‘

एकसातादेखि ट्रफिक प्रहरी, कामपा प्रहरी र वातावरण विभागले राजधानीको विभिन्न क्षेत्रमा परीक्षण जारी राखेको छ । हालसम्म २ सय ५१ सवारी साधनको परीक्षण सम्पन्न गरेको छ । त्यसमध्ये पेट्रोलबाट चल्ने ७१ र डिजेलको १ सय ८० छन् । समग्रमा पेट्रोलबाच चल्ने २० र डिजेलबाट चल्ने ७२ प्रतिशत सवारी साधनको प्रदुषण फेल भएको पाइएको छ । कामपाले दैनिक २० सवारी साधनको प्रदुषण परिक्षण जारी राखेको छ । ती मध्ये हधिकांस क्षेत्रमा १४ पास ६ फेल हुने गरेको पाइएको छ ।

कामपा वातावरण व्यवस्थापन विभागले गतवर्ष करिब १० लाख रुपिया खर्च गरेर ल्याएको प्रदुषण परिक्षण यन्त्रले परिक्षण जारी राखेको छ ।