विपद् जोखिम न्यूनीकरणका लागि काम गर्छौ : गृहमन्त्री लेखक

1.88k
Shares

उदयपुर ।

नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले विपद ब्यबस्थापन क्षेत्रमा सरकारले काम गर्ने बताउनु भएको छ । मंगलबार उदयपुर जिल्लाको बेलका नगरपालिका स्थित सप्तकोशी नदि कटानको स्थलगत अवलोकन गर्दै गृहमन्त्री लेखकले सो कुरा बताउनु भएको हो ।

गृहमन्त्री लेखकले पछिल्लो समय देश भर विपदले पुर्याएको क्षेतीलाई मध्यनजर गर्दै सरकारले आगामी वर्षा अगाडी नै ज्योखिम युक्त क्षेत्रको पहिचान गरि जोखिम न्यूनीकरणका लागि काम गर्ने बताउनु भएको हो ।

पछिल्लो समय सप्तकोशी नदीले धार परिवर्तन गरेर पश्चिम दिशा तर्फ सोझिएर उदयपुरको बेलका नगरपालिका तर्फ तिब्र रुपमा कटान गर्न थालेपछि उदयपुर र सुनसरी जिल्लाका बीसौं हजार स्थानीयहरु बर्षाको समयमा त्रसित भएर बस्दै आएका छन् ।

सप्तकोशी नदीले धार परिर्वतन गरि पश्चिम तर्फ उदयपुर जिल्लाको बेलका नगरपालिका ८ लाहुरे खोचबाट कटान गर्दा बेलका नगरपालिका वडा नम्बर २, ३, ८ र ९ उच्च जोखिममा परेको छ । सुनसरीको बराहाक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ को केही बस्ती उच्च जोखिममा परेको छ ।

वर्षौ देखी सप्तकोशी नदीको समस्या भोग्दै आएका स्थानीयको पीडालाई सम्बोधन गर्न स्थलगत अवलोकनमा पुग्नु भएका नेपाल सरकारका गृहमन्त्री लेखकले सप्तकोशीले पुर्याएको जनधनको क्षतिलाई मध्यनजर गर्दै सरकारले तत्काल उचित कदम चाल्ने बताउनुभयो ।

विपद प्रधिकरणका महानिर्देशक डा. भीष्म भुषाल, सिडिई सुदिप भट्ट, कोशी बक्राहाका कार्यालय प्रमुख रन्जन राज भट्टराई, उदयपुर निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद डा. नारायण खड्काको टोलि सहित सप्तकोशी नदी कटानको स्थलगत अवलोकनमा पुग्नु भएका गृहमन्त्री लेखकले सप्तकोशी नदीको समस्यालाई समाधान गर्न सरोकारवाला निकाय संग आवस्यक समन्वय गर्दै जोखिम न्यूनीकरणका लागि ठोस कदम चालिने बताउनु भयो ।

बेलका नगरपालिका नगर प्रमुख अशोक कार्कीले भने सप्तकोशी नदी नियन्त्रणको दिर्घकालिन खाका बनाएर काम गर्नु पर्ने बताउनु भएको छ । वहाँले सुन्सरी, सप्तरी र उदयपुरका छ पालिकाले एउटा प्लान बनाएको समेत बताउनु भयो । नगर प्रमुख कार्कीले सप्तकोशी नदि नियन्त्रणका लागि नदीको दुवै तर्फ च्यानल बनाएर कोशी ब्यारजेको पुल देखी चतराको पुललाई जोड्नु पर्ने बताउनुभयो । यसले नेपाल मात्र नभएर भारतका जनतालाई समेत ठुलो राहत पुग्ने जिकिर गर्नुभयो ।

बिगत लामो समय देखी सप्तकोशी नदीले पश्चिम तर्फ आफ्नो धार परिवर्तन गरेर उदयपुरको बेलका नगरपालिकामा रहेको ठुलो मानव वस्तीलाई जोखिम पुर्याइरहेको छ । सप्तकोशी नदीले हरेक बर्ष स्थानीयलाई बेचैन बनाउदा गृहमन्त्री, मन्त्री देखी प्रदेश सरकार समेत पटक पटक हेलिकप्टर चार्टर्ड देखी स्थलगत अवलोकनमा आएको भएपनि अहिले सम्म सरकारले सप्तकोशी नदी नियन्त्रणका लागि ठोस कदम चाल्न सकेको छैन् ।