विश्वका पाँच रहस्यमयी घटना


विश्वमा विभिन्न किसिमका अनौठा घटनाहरू घट्ने गरेका छन् । कुनै ठाउँका मानिस महिनौँसम्म पनि सुत्ने गरेका छन् भने कुनै शहर एकाएक पानी भरिएर जलमग्न (पानीमुनि) हुन पुगेको छ ।

कुम्भकर्णको गाउँ

रुससँग छुट्टिएर स्वतन्त्र भएको देश काजकिस्तानमा एउटा यस्तो गाउँ छ, जहाँ मानिस महिनौँसम्म सुतेको सुत्यै गर्दछन् ।
रामायणमा रावणका भाई कुम्भकर्ण ६ महिना सुत्ने र ६ महिना उठ्ने गरेको चर्चा छ । यसैकारण कोही मानिस लामो समयसम्म सुत्यो भने त्यसलाई कुम्भकर्णको संज्ञा दिने गरिन्छ । उत्तरी काजकिस्तानको कैलाशी गाउँका मनिसहरू पनि महिनाँैसम्म पनि सुत्ने गरेको पाइन्छ । यस गाउँलाई स्लिपि हलोको रूपमा समेत परिभाषित गर्ने गरिएको छ ।

यहाँका मानिहरू किन महिनौँसम्म सुत्छन् भन्ने बिषयमा बैज्ञानिकहरूले खोजी गरिरहेको भएपनि अहिलेसम्म रहस्य पत्ता लाग्न सकेको छैन । यहाँका मानिसलाई आफू कहिले सुतँे कहिले उठेँ भन्ने पनि थाहा हुँदैन ।

काम गर्दागर्दै मानिस कार्य क्षेत्रमा पनि सुत्ने गर्दछन् । बैज्ञानिकहरूले यसलाई यो एक प्रकारको रोग भएको पनि भनेका छन् । यहाँ बस्ने मानिसको दिमागमा चाहिने भन्दा बढी तरल पदार्थ उत्पादन हुने र त्यस कारण यहाँका मानिसमा लामो निन्द्रा पर्ने गरेको दाबी बैज्ञानिकहरूले गर्ने गरेका छन् । काजकिस्तानको यो गाउँमा यस्तो समस्या देखा पर्न थालेको २०१० को अप्रिल महिना देखि हो । यो गाउँमा बस्ने मानिस मध्ये १४ प्रतिशत मानिस महिनौँ सम्म सुत्ने गरेका छन् ।
उत्तरी काजकिस्तानको कैलाशी गाउँसँग जोडिएका अन्य गाउँमा भने यो समस्या देखिएको छैन । काजकिस्तान सरकारले अहिले यो समस्याको समाधानकालागि बैज्ञानिकहरूलाई अनुसन्धान गर्न आदेश दिएको छ ।

OLYMPUS DIGITAL CAMERA

बेलायतको स्टोनहेण्ड

बेलायतको स्टोनहेण्डलाई पनि रहस्यमयी मानिन्छ । समथर जमिनमा रहेको यस चट्टानको इतिहास ५ हजार बर्ष पुरानो रहेको छ । यो चट्टानको निर्माण प्राग ऐतिहासिक कालमा भएको मानिन्छ । त्यहाँ रहेको एउटा ढुङ्गाको तौल ५० टन भन्दा बढी रहेको छ । यसलाई एउटा संरचनाको रूपमा खडा गरिएको छ ।

एउटा ढुङ्गाको उचाइ २३ फिट सम्मको रहेको छ । यहाँ खडा गरिएका ढुङ्गा ५ हजार बर्ष अघिको भएको दाबी गरिएको छ । त्यसबेला कुनै आधुनिक मेसिनहरू केही बनेका थिएनन् तर यहाँ खडा गरिएको ढुङ्गालाई मिलाएर काटिएको छ । यसले सबैलाई चकित बनाएको छ । यसका बारेमा केही रोचक तथ्यपनि बाहिर आउने गरेको छ । उक्त स्टोनहेण्ड एलियनहरूले बनाएको पनि भन्ने गरिएको छ । यसको अर्को रहस्यमय भनाई पनि रहेको छ । यहाँ खडा गरिएका ढुङ्गालाई दीर्घ रोगीहरूले छोए भने उनीहरूको रोग निको हुने विश्वास समेत गर्ने गरिएको छ ।

द ओमन फर्म ल्याम्प स्ट्याच्यु

रहस्यमयी मूर्ति द ओमन फर्म ल्याम्प स्ट्याच्युलाई १८७८ मा स्पर्स ल्याम्प नाम गरेको ठाउँमा फेला पारिएको थियो । यसलाई पौराणिक देवीको प्रतिमा भएको मानिने गरेको थियो । यो मूर्ति किन्नका लागि मानिसहरू तछाड मछाड गर्ने गरेका थिए । यो मूर्ति पहिलो पटक लड फन्ड नामक मानिसले खरिद गरेका थिए । जब उनले यो मूर्ति खरिद गरे तब ६ बर्ष भित्र उनको परिवार भित्रका ७ जनालाई गुमाउनु पर्यो ।

आफ्नो परिवारमा अचम्मको घटना घटेपछि लड एन्ड फन्र्डले उक्त मूर्ति बेचेका थिए । उक्त मूर्र्ति खरिद गर्ने दुई व्यक्तिको जीवनमा पनि सोही प्रकारको घटना दोहोरिएको थियो । त्यसपछि यो मूर्र्तिलाई एउटा म्युजियममा राखिएको थियो । उक्त मूर्ति म्युजियममा राखेको केही दिन भित्रै म्युजियमका प्रमुखको निधन भएको थियो ।

त्यसपछि यस मूर्र्तिलाई सिसाको डिब्बाभित्र राखेर यसलाई मानिस नै नपुग्ने निर्जन ठाउँमा लगेर राखिएको छ ।

सी च्याङ अन्डरवाटर सिटी

चीनको सी च्याङ अन्डरवाटर सिटी सन् १३०० सम्म पानी बाहिर थियो । यो शहर पौराणिक शहर पनि हो । यो शहर एकाएक पानीभित्र परेपछि शहरका बारेमा अनेकन अड्कलबाजी गर्ने गरिएको थियो । तर सन् १९५९ मा पानीमुनि रहेको यो सहरको बारेमा पत्ता लागेको थियो । यो पानी मुनिको शहरको बारेमा भूगर्भविदहरूले खोजी जारी राखेको भएपनि अहिले सम्म त्यो शहर कसरी डुब्यो भन्ने बारेमा पत्ता लगाउन सकेको पाइँदैन । पानीमुनि भएपनि यो शहर अहिले पनि जस्ताको तस्तै रहेको छ ।

रगतको वर्षा

भारतको केरला राज्यको केडुकी जिल्लामा बर्षा हुँदा रगत जस्तो बर्षा हुने गरेको छ । यहाँका मानिसहरू हरेक बर्षायाममा हुने बर्षालाई रगतको बर्षा भन्ने गर्दछन् । सन् १९८६ देखि हरेक बर्ष यहाँ रगत जस्तो रातो पानीको बर्षा हुने गरेको छ । यस्तो बर्षा किन हुन्छ भनेर बैज्ञानिकहरू अहिले खोजीमा जुटेका छन् ।
(एजेन्सीको सहयोगमा तयार पारिएको सामग्री)