काठमाडौं ।
सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ। हिजोदेखी सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ।
केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी बैठकमा केन्द्रीय सदस्यहरूले आ आफ्नो धारणा राख्नेछन् । जसअनुसार बैठकमा पेस गरिएको अध्यक्ष राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका विषयमा पनि उल्लेख गरिएको छ।
साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नेछन्। उनीहरूका लागि ३/३ मिनेटको समय छुटाइएको छ।
प्रतिक्रिया