काठमाडौं ।
सत्तारूढ दल नेकपा एमालेको केन्द्रीय समितिको बैठक सोमबार पनि बस्दैछ। हिजोदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि बैठकमा छलफल हुनेछ।
बैठक बिहान ११:०० बजेदेखि केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्नेछ। जसअनुसार आजको बैठकमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा देशको पछिल्लो राजनीतिक विषयसहित एमाले र कांग्रेसका बिचको सहकार्यका विषयमा पनि उल्लेख गरिएको छ । जसमाथी केन्द्रीय सदस्यहरूले धारणा राख्न सुरु गर्नेछन्।
साथै, सरकार गठनयताको ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बिच पार्टीलाई कसरी अघि बढाउने विषयमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नेछन् ।
प्रतिक्रिया