लोभलाग्दो अस्पताल भवनमा टिठ लाग्दो सेवा !

सरकारले पचास शय्याको अस्पताल स्वीकृत नगर्दा बिरामी मर्कामा 

10.72k
Shares

बाजुरा। 

  बडीमालिका नगपालिका वडानं न नौं चौराटाका महाबिरे चदारा गत साता भीरबाट लडेर गम्भीर घाइते भएका थिए । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उनलाई अचेत अवस्थामा जिल्ला अस्पताल मार्तडी पु¥याए । जनरल फिजिसियनका अनुसार उनको टाउँकोमा रगत जमेरको थियो । जिल्ला अस्पताल बाजुरामा उपचार हुन सकेन । महाबिरेलाई तत्काल सेती प्रादेशिक अस्पताल धनगढी  रेफर गरे ।  पछिल्लो दिन धनगढी पु¥याउँदा अस्पालले उनलाई मृत घोषणा ग¥यो । जिल्लामा सहज उपचार नपाएर वीच बाटोमै मृत्युवरण गर्ने महाविरे त  बाजुराका एक प्रतिनिधिमूलक पात्र मात्र हुन् । जिल्लामा सहज उपचार नपाउँदा कयौं बिरामीको बाटोमै ज्यान गएका विवरणहरु आइरहन्छन् । 

   सामान्य उपचार वाहेक गम्भीरखाले बिरामीको जिल्लामा उपचार हुने वातावरणनै छैन , न त पर्याप्त दक्ष जनशक्ति छ न त उपकरण नै छन् ,जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर चन्द्रशेखर यादवले भने । बाजुराका नागरिकलाई जिल्लामै उपचार गराउने हो भने यो नवनिर्मित पचास शय्याको अस्पताल स्वीकृत गर्नुपर्छ । यहाँ हाल कार्यरत चिकित्सकले चौबिसै घण्टा समय दिदापनि  धेरै बिरामीलाई रेफर गर्नुपर्ने अवस्था छ । हाल १८ जना अस्पताल कर्मचारीको दरबन्दी छ । जम्मा दश जनाको मात्र कार्यरत छौं , बिरामीको चापले बिहानको खानै खान पाइँदैन डाक्टर यादवले भने । जिल्ला अस्पतालमा बाजुरा लगायत हुम्ला मुगुका बिरामी पनि बाजुरा आउँछन् । बिरामीको चाप दिनानुदिन बढ्दो छ डाक्टर यादवले भने । सरकारले स्वीकृति दिए जिल्ला अस्पताल बाजुरालाई रेफरसेन्टर बनाउन सकिन्छ निमित्त मेडिकल सुपरिटेन्डेन्ट यादवले भने । 

 पछिले समयमा एक जना स्त्रीरोग विशेषज्ञ डाक्टर सुनिलकुमार साहलाई ल्याउँदा  गर्भेणी महिलाको सिएस गर्न सहज भएको छ । महिलोको तल्लो पेट दुःख्ने आँङ्ग खस्न,े सेतापानी बग्ने, योनी संक्रमणका समस्याको  निदान हुँदै आएको छ । थोरै बजेट, दक्ष जनशक्ति र अप्रयाप्त औषधिका बावजुत  जिल्ला अस्पताल बाजुराले हाडजोर्नी, फिजिओथेरापी ल्याब ,ओसिएम्सी,सेवा,लैंगिक हिंशा एकद्वार संकट व्यवस्थापन र  पोषण केन्द्र लगायतका सुविधा दिइएको छ । यद्येपि  त्यतिमात्र  पर्याप्त छैन सूचना अधिकारी नृप गिरीले भने । पछिल्लो समयमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउँदा बिरामीलाई धेरै सुविधा भएको छ, । पचास शय्याको अस्पतालका लागि जनप्रतिनीधिहरुले चाँसो दिनुभयो भने बाजुरेलीका लागि वरदान हुनेछ, नेताहरुले चाँसो छैन जिल्ला अस्पताल बाजुराका पूर्व अधिकृत रामचन्द्र यादवले भने ।

 तत्कालिन स्वास्थ्य निर्देशनालयका डि.जि. एबं  ओ एन एम सर्भे कन्सलटेन्सी महेन्द्र श्रेष्ठका अनुसार दुुईवर्षअघि ओएनएम (अर्गनाईजेशन म्यानेजम्यान्ट) सर्भे गरी सकोको छ  । बाजुरा जिल्ला अस्पताल जनसंख्या ,बिरामीको चाप, भूगोल र दक्षजनशक्तीको आवस्यकता लगायत हरेक मापदण्डलाई विष्लेशण गर्दा उपयुक्त छ । हामीले नौवटै जिल्लाको ओ.एन.एम. सर्भेगरी प्रदेश मन्त्रालयमा बुझाईसकेका छौं । बाजुराको सन्दर्भमा पचास शय्याको अस्पताल अति आवस्यक छ ,हाम्रो  ओएनएम प्रतिवेदनमा उल्लेख छ । तर प्रदेश सरकारले बजेट नभएको भन्दै प्रतिवेदन फाईल त्यतिकै थन्क्याएको अवस्था हो। सरकार सञ्चालकको इच्छाशक्ति भए बाजुरा जिल्ला अस्पतालमा पचास सैंयाको अस्पताल सञ्चालन गर्न कुनै गाह्रो छैन, मात्र बजेट व्यवस्थापन सरकारले गर्नुपर्छ  श्रेष्ठले भने । 

पचास शय्याको अस्पताल स्वीकृत भए हालको भन्दा २० गुना बढी सुविधा हुनेछ । आइसियु कक्ष भेन्टीलेटर एनएसथेसिया ,जिआई , सीटिस्क्यान लगायतका उपकरण जडान ओ.टी. सेवाका लागि  ११ जना एमडिजिपी बिशेषज्ञ १२ जना मेडिकल अधिकृतसहित १४५ जना स्वास्थयकर्मीको स्थायी दरबन्दी  हुने छ ।  सोही परिकल्पना अनुसार पचास शय्याको अस्पताल भवन निर्माण भैसकेको छ । सरकारले स्वीकृत गर्नु प¥यो काँग्रेस नेता कविराज पण्डितले भने ।

    कार्यालय प्रमुख यादवका अनुसार बाजुरा जिल्लाकै नमुना अस्पताल भवनबाट पचास शय्याको अस्पताल  स्वीकृति दिएमा यहाँका बिरामीले उपचारका लागि बाह्य जिल्ला धाउनुुपर्ने बाध्यताको अन्त्य हुनेछ ।  अझ आर्थिकरुपम  विपन्न परिवारका बिरामीलाई जिल्ला अस्पताल बरदानस्वरुप हुने उनको भनाई छ । 
   यद्येपि ५० शय्याको अस्पताल सञ्चालनका लागि प्रदेश सरकार संघीय सरकारले त्यति चाँसो  दिएको देखिदैन।  बाहिरबाट चिटिक्क परेको जिल्ला अस्पताल बाजुरा भित्र  विषय विशेषज्ञे डाक्टर , स्वास्थ्यकर्मी ,न त सिटिस्क्यान लगायतका उपकरण छन्। 

   सदरमुकाम मार्तडीको तालिमा अवस्थित उक्त भवन २८ करोड रुपैंयाको लगातमा निर्माणकार्य सम्पन्न भएको बिल्डर्स कम्पनी पिएस कम्पनीका इन्जिनियर टेकराज भट्टले भने । भवन हेर्दा लोभ लाग्दो छ सेवाप्रवाह भने टिठ लाग्दो छ स्थानीयको भनाई छ ।