प्रत्येक साल अक्टोबर १७ मा अन्तराष्ट्रिय गरिबी निवारण दिवस मनाउँदै आईएको पाइन्छ । यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ मनाइयो । यसको पृष्ठभूमिलाई हेर्दा गरिबी उन्मूलनको लागि अन्तराष्ट्रिय दिवस मनाउने चलन १७ अक्टोवर १९८७ बाट प्रारम्भ भएको पाइन्छ। उच्च गरिबी, हिंसा र भोकमारीको सिकार भएको विश्वमा गरिबी निवारण गर्ने उद्देश्यका साथ यो दिवस मनाउँदै आएको पाइन्छ । सन् २०२४ को गरिबी निवारण दिवसको नारा ‘न्यायपूर्ण, शान्तिपूर्ण र समावेशी समाजको लागि सँगै काम गर्दै सामाजिक र संस्थागत दुव्र्यवहारको अन्त गरौं’ भन्ने नारामा केन्द्रित छ ।
२१ औँ शताब्दीको पहिलो अर्धदशकभित्र पनि संसारमा गरिबी निवारण गरी गाँस, बास र कपासको आधारभूत प्रत्याभूति दिन सकेको छैन । विश्व खाद्य कार्यक्रमअनुसार विश्वमा ८१ करोड १० लाख मानिसलाई पर्याप्त खाना छैन् । विश्व स्वास्थ्य संगठनका अनुसार दुई अर्ब मानिसलाई सुरक्षित खानेपानी छैन्। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमअनुसार १ अर्ब ३० करोड मानिस बहुआयामिक गरिबीमा रहेका छन् । गरिबी सबैको साझा समस्या भएको हुँदा संसारबाटै गरिबी अन्त्य नगरेसम्म मानवको सुखशान्ति र समृद्धि हुन सक्दैन । चरम गरिबी समाजबाट बन्चित गर्ने संरचनागत भेदभाव, सामाजिक सुरक्षा प्रणालीमा रहेको कमजोरीले गरिबीको दुष्चक्रमा फसिरहेका मानिसलाई बाहिर ल्याउन कठिनाई भएको छ । हत्या, हिंसा, राजनीतिक विकृति, सुशासनको कमी, बेरोजगारीको कारण युवा शक्ति विदेश पलायन हुनु, जलवायु परिवर्तनका कारण भएको प्राकृतिक प्रकोप, वातावरण स्खलन, जैविक विविधता विनाश, पर्यावरणमा क्षति, मानिसको घर, बाली, जीवनयापनमा पुर्याएको क्षति, विभिन्न माहामारीले सिर्जना गरेको विपद्ले गरिबीको दलदलमा फस्न परी थप पीडा भएको सर्वविदितै छ ।
नेपालमा सहरी तथा ग्रामीण एवं विभिन्न भौगोलिक क्षेत्र र सामाजिक समूहबिचको आर्थिक तथा सामाजिक असमानता कहालिलाग्दो छ । नेपालको संविधानको भावनाअनुरूप सामाजिक न्याय सबै प्रकारका असमान एवं विभेद्को अन्त्य, मानव अधिकारको संरक्षण, गरिबी निवारण, शान्ति र समृद्धि प्राप्तिको लागि सम्बन्धित निकाय सधैं प्रतिवद्ध छ भनेको पाइन्छ। विगतमा गरिबी निवारण कार्यक्रम पनि सञ्चालन नभएको भने होइन । विभिन्न गैरसरकारी संस्थाले यसमा अरबौँ डलर खर्च नगरेको पनि होइन ।
गरिबी निवारण नीति २०७६ ले समाजमा रहेको सबै प्रकारको विभेद अन्त्य गर्ने, दिगो विकास लक्ष्यले सन् २०३० सम्ममा गरिबीको रेखामुनि रहेको जनसंख्या ५ प्रतिशतभन्दा तल ल्याउने लक्ष्य भने राखिएको छ । त्यस्तै, गरिब परिवार पहिचान कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू राखिएको छ । भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको समस्या समाधानको लागि राष्ट्रिय भूमिआयोगमार्फत विभिन्न कार्यक्रम गरिएको पाइन्छ तैपनि राजनीतिक विकृति र दलीय स्वार्थ आदिबाट सुशासनको कमी भई सो कार्य सफलीभूत हुन नसकेको आम गुनासो छ । बढ्दो बेरोजगारी समस्या र गरिबीको कारण देशको युवा जनसंख्या वर्षेनी विदेश पलायन हुन बाद्य भएका छन् जसको कारण केही रेमिटेन्स भित्रिएर देशको अर्थतन्त्रमा सहयोग गरे पनि स्थायी राष्ट्रिय अर्थतन्त्रमा भने ठूलो नकारात्मक असर परेको छ । सो समस्यालाई समाधान गर्नको लागि देशभित्र कृषि पर्यटनमार्फत रोजगारी सिर्जना गरी गरिबी निवारण गर्न अति आवश्यक छ ।
विश्वमा सूचना र संचारको जगतमा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासको साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजी बजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूको लागि वस्तु तथा श्रम बजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको शुरूदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।
आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोत साधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोवारको लागि उपयुक्त रणनीतिक एवं भू–राजनैतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बद्लिदो आर्थिक परिवेशलाई आत्मसाथ गर्दै अर्थतन्त्रमा विकसित देशको साथै विकाशशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि संचालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । यसै परिवेशमा देशमा बढ्दै गएको बेरोजगारीको समस्या हल गर्नको लागि कृषि पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ । यसै सिलसिलामा कोभिड–१९ को कारण पर्यटन उद्योग थला परेकोले केन्द्रीय सरकार, प्रदेश सरकार साथै स्थानीय सरकारले आफ्नो नीति कार्यक्रममा कृषि पर्यटन उद्योगलाई माथि उठाउने नीति तथा कार्यक्रम ल्याउन आवश्यक छ ।
समृद्ध नेपाल सुखी नेपालीको रेखा कोर्न सुशासनको माध्यमबाट गरिबी निवारण हटाउन सहयोग गरी भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायनतालाई रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगाारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवन, कृषि उर्वरताका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै कृषि पर्यटनलाई नयाँ आयामका साथ मुख्य व्यवसायका रूपमा विकास गर्नु आजको आवश्यकता हो ।
हाम्रो देशमा तुलनात्मक रूपमा मध्यमस्तरको जनशक्ति एवं कम पुँजी र प्रविधिवाटै सञ्चालन गर्न सकिने श्रमप्रधान एवं सेवामूलक कृषि पर्यटन उद्योगको विकासबाट यस हाम्रो देशको आर्थिक, सामाजिक विकास गरी गरिबी निवारण कार्यक्रमलाई सहयोग गर्ने सम्भावना प्रष्ट देखिन्छ । नेपाल विश्व मानचित्रमा अद्धितीय प्राकृतिक एवम् सांस्कृतिक सम्पदाले भरिपूर्ण देश भएकाले कृषि पर्यटन तुलनात्मक लाभ र वैकल्पिक आर्थिक अवसरका लागि उपयुक्त साधनको रूपमा रहेको छ । जसबाट हाम्रो देशको जनताको शान्ति र समृद्धिप्रतिको चाहना पूरा हुन मद्दत पुग्नसक्छ ।
हाम्रो देश प्राकृतिक, सांस्कृतिक एवंम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचे अनुसार पर्यटकहरूको संख्यामा वृद्धि र ऐतिहासिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । ऐतिहासिक एवंम् पर्यटकीय स्थल हुँदा छुट्टै पनि सो स्थानको पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रष्ट हुन्छ कि उत्कृष्ट पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन। सुन्दर प्राकृतिक र ऐतिहासिक, धार्मिक सम्पदाका कारण हाम्रो देशमा आन्तरिक एवं वाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी नेपालमा मानिसको आगमन वृद्धि हुन सक्नेछ। ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवद्र्धन गर्दै ऐतिहासिक स्थलको संरक्षण गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार कृषि पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो।
नेपालको लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा देशमा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाको रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवा सुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइदैन । हाम्रो देशका पर्यटकीय सम्भावना वोकेको अधिकांश स्थलहरू देशका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवा सुविधा दिइने अवस्था अझै कमि छ । कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रसित रहेको छ । यसबाट नेपालीहरूले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन। त्यसैले हाम्रो देशमा पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ। अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवा र सुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ।
देश तथा विभिन्न स्थानीय तहहरूमा रहेका कृषि कार्यालय, कृषि ज्ञान केन्द्र, व्यावसायिक कृषक, होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तबरका कार्यक्रम एकीकृत गरी स्थानीय कृषि पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यक देखिन्छ । स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै कृषि भूमि, ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षण सम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा गरिबी निवारणको लागि ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आजको आवश्यकता हो ।
हाम्रो देशको समग्र आम्दानीमा कृषि पर्यटन व्यवसायलाई पनि एक दीगो स्रोत सृजना गर्न र स्थानीय तहको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्वपूर्ण माध्यम हुनसक्छ । देश तथा विभिन्न स्थानीय तहहरूमा रहेका कृषि कार्यालय, कृषि ज्ञान केन्द्र, व्यवसायिक कृषक, होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय कृषि पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने आवश्यक देखिन्छ । स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै कृषि भूमि, ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरुको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा गरिबी निवारणको लागि ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आजको आवश्यकता हो ।
प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरु मध्ये नेपाल पनि हो । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरीने तत्वहरूको विकास गरी कृषि पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । कृषि पर्यटनको माध्यमबाट काम वा रोजगारी सिर्जना गरी अवसर जुटाई गरिबी न्यूनीकरण गर्दै देशका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । तवमात्र हरेक वर्ष अक्टोवर १७ मा मनाइने अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, सेप्टेम्बर २७ मा विश्वभर मनाइने विश्व पर्यटन दिवसले सार्थकता पाउनेछ ।
लेखकः गुणस्तर जीवन विषयमा विद्यावारिधी हुनुहुन्छ ।
प्रतिक्रिया