काठमाडौं ।
मानव बेचबिखन विरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ। जोरपाटीस्थित आफ्नै निवासमा उनी सुतेकै स्थानमा मृत फेला परेकी हुन् ।
पारिवारिक स्रोतका अनुसार सुतेकै ठाउँमा अचेत फेला परेकी उनलाई जोरपाटीस्थित नेपाल मेडिकल कलेज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। उनको मृत्युको कारण खुल्न सकेको छैन ।
सुनिता मानव बेचबिखनबाट प्रभावित महिलाहरूको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्षसमेत हुन्। उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो। दनुवारलाई अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सम्मान समेत गरेको थियो।
प्रतिक्रिया