समाचारपत्रकर्मी महर्जनलाई ज्यापू प्रतिभा सञ्चार सम्मान


काठमाडौं।

ज्यापू संस्कृति विकास कोष काठमाडौंले यस वर्षको ज्यापू युवा प्रतिभा सम्मान सञ्चार विधा नेपाल समाचारपत्रका सहायक सम्पादक सुनील महर्जनलाई प्रदान गरेको छ ।
योमरी पूर्णिमा (धान्य पूर्णिमा) तथा २१ औं राष्ट्रिय ज्यापू दिवसको अवसरमा आईतबार वसन्तपुरमा आयोजित समारोहमा पत्रकार महर्जनलाई सो सम्मान प्रदान गरिएको थियो। सो अवसरमा वाग्मती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी विमल ठकुरीले पत्रकार महर्जनलाई फुलमाला लगाई उप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमानसिंहले खादा ओढाई र प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले सम्मानपत्र प्रदान गरे। कोषले नगद राशि १० हजार रूपैयाँ प्रदान गरेको थियो।

मूर्त र अमूर्त संस्कृति, सम्पदा संरक्षण तथा नेवाः समुदायका बृहत्तर सरोकारलाई अघि बढाउन पत्रकारिता मार्फत महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा कदर गर्दै महर्जनलाई सो सम्मान प्रदान गरिएको कोषले जनाएको छ ।

२०५९ सालमा महानगर दैनिकबाट पत्रकारिता शुरू गरेका महर्जन हाल नेपाल समाचारपत्र दैनिकमा संस्कृति, सम्पदासंगै अख्तियार , निर्वाचन, कानुन र प्रशासन सम्बन्धि रिपोर्टिङ गर्दै आएका छन् । देशभरका नेवाः पत्रकारहरूको साझा संगठन नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष समेत रहेका महर्जन नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज) को केन्द्रीय सदस्य हुन ।

सो अवसरमा सामाजिक जीवनको विविधामा महत्वपूर्ण योगदान पु¥याएका २३ जनालाई सम्मान तथा प्रतिभा पुरस्कार दिइएको थियो । सो अवसरमा संस्कृतिविद् पुरुषोत्तम लोचन श्रेष्ठलाई ज्यापू प्रज्ञा, वरिष्ठ मूर्तिकार धर्मराज शाक्यलाई ज्यापू सम्मान, तथा शरणगोपाल डंगोल लगायतलाई सम्मान गरिएको थियो।