पत्रकार महासंघ निर्वाचन : अध्यक्षमा शर्माको अग्रता कायमै


काठमाडौँ।

शुक्रबार भएको नेपाल पत्रकार महासंघको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म ६ वटा प्रदेशको मतपरिणाम आएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार कोशी, गण्डकी,लुम्बिनी, बागमती, प्रतिष्ठान प्रदेश र उपत्यका प्रदेशको मतपरिणाम आएको छ । जसमा अध्यक्षका प्रत्यासी निर्मला शर्मा ८१८ मतले अगाडि छन् । उनले ३०९२ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी रमेश विष्टले २२७४ मत पाएका छन् ।

कर्णाली, सुदूरपश्चिम, मधे‍श र एशोसिएट प्रदेशको मतगणना जारी छ । सम्भवतः शनिबार साँझसम्म महासंघले नयाँ नेतृत्व पाइसक्ने छ । निर्मलाले जितिन् भने महासंघको नेतृत्वमा पुग्ने उनी पहिलो महिला हुनेछन् ।