मुग्लिन-पोखरा सडक ५ दिनका लागि बन्द


काठमाडौं ।

मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-२ कोत्रे खण्ड ५ दिन अवरुद्ध हुने भएको छ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ देखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गराइएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सो अवधिमा वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रुलाई कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।