मकवानपुर।
हेटौंडामा ट्वाइलेटमा लडेर एक बालिकाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका-५ सिँचाइटोलमा बुवासँगै डेरामा बस्ने महोत्तरी एकडाँडा गाउँपालिका-३ अजमरपटीकी पाँच वर्षीया बालिका सिरिशाकुमारी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सिरिशा शुक्रबार राति साढे ९ बजे ट्वाइलेट गएकी थिइन् । उनी ट्वाइलेटमा लडेपछि टाउकोमा चोट लागेको थियो । राति नै हेटौडा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
शव हेटौंटा अस्पतालमै राखिएको छ ।
प्रतिक्रिया