काठमाडौँ।
बंगलादेशमा सनातनी हिन्दुलगायत धर्मावलम्बीमाथि भएको हिंसात्मक घटनाप्रति सनातन ओमकार परिवारले आफ्नो ध्यानाकर्षण भएको जनाएकाे छ। हिन्दु सनातनी धर्मगुरुको गिरफ्तारी र जेल चलानले थप असुरक्षित महसुस गराएको भन्दै हिन्दु, बौद्ध, जैन, शिखलगायत समाजले काठमाडौैंमा कार्यक्रम गरी बंगलादेश सरकारको ध्यानाकर्षण गराएको हो ।
धार्मिक, सामाजिक संघ–संस्था एवं मानव अधिकारवादी जनसमुदाय सनातन संरक्षण समूहको ब्यानरमा प्ले कार्डसहितको बृहत् भेला काठमाडौंमा भएको थियो । भेलाबाट सनातन संरक्षण समूहका संयोजक तथा संविधानसभाका सांसद विमलकुमार केडिया, विश्व हिन्दु महासंघ र रष्ट्रिय समितिका अध्यक्ष डा. रामचन्द्र अधिकारी, इस्कोन संस्थाका डा. राहुल सराबगीसमेतको प्रतिनिधिमण्डलले काठमाडौंस्थित बंगलादेशी राजदूत, संयुक्त राष्ट्रसंघीय आवासीय नेपाल प्रमुख तथा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षलाई ज्ञापनपत्र बुझाएको छ। ‘नेपाल सनातन ओमकार परिवार बहुसंख्यक जनसंख्या भएको राष्ट्र हो । बहुसंख्यक सनातन हिन्दु धर्मावलम्बी रहेको नेपालले विश्वमा रहेका अल्पसंख्यक सनातनी हिन्दुमाथि हुने गरेका विभेद र असहिष्णुता अन्त्य गर्न पहल गर्नु हामी आफ्नो परम् कर्तव्य र दायित्व ठान्छौँ,’ ज्ञापनपत्रमा भनिएको छ।
‘यही भावनात्मक सम्बन्धका कारणले होला, भारतीय संसदले पनि बङ्गलादेशमा सनातनी हिन्दु गुरुकोे गिरफ्तारीविरुद्ध असन्तुष्ठी देखाएको छ । ब्रिटिश संसदमा पनि यसबारे गम्भीर छलफल भएको कुरालाई स्मरण गराउदछौं । शान्ति र सहिष्णुता विश्वमा प्रचार–प्रसार गर्ने सनातनी इस्कोनका धर्म गुरुलाई भयभीत र असुरक्षित गराउनाले बङ्गलादेश सरकारप्रति पनि विश्वमा नकारात्मक प्रभाव पर्नेछ भन्ने कुरालाई स्मरण गराउन चाहन्छौं’ ज्ञापन पत्रमा भनिएको छ। सार्क सङ्गठनको वर्तमान अध्यक्षका हैसियतले पनि नेपाल सरकारले पहल गर्दै मानव अधिकारको पक्षमा आफूलाई प्रस्तुत गर्नेछ भन्ने विश्वास लिएका छौं।’ नेपाली जनता र सरकार दुबैकातर्फबाट बङ्गलादेशका अल्प–सख्यक सनातन ॐकार परिवार सम्बद्ध हिन्दुहरूमाथि भईरहेको हिंसा रोक्न प्रजातान्त्रिक नेपाल सरकार आवश्यक पहल गरोस’
प्रतिक्रिया