चितवनविरुद्ध टस जितेर फिल्डिङ गर्दै कर्णाली


काठमाडौं ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्ध कर्णाली याक्सले पहिले फिल्डिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले टस जितेर फिल्डिङ रोजेको हो ।

अहिले चितवनले ब्याटिङ गरिरहेको छ। प्रतियोगितामा कर्णाली पहिलो जितको खोजीमा छ। कर्णाली यसअघि पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौं गुर्खाजसँग तीन विकेट पराजित भएको थियो।

यता, चितवन भने प्रतियोगितामा आज लगातार तेस्रो जितको खोजीमा छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।