विश्वका १० धनी देश

1.97k
Shares

विश्वका दश धनी देशका बारेमा हामीले यहाँ चर्चा गर्न खोजेका छौँ । जीडीपीको आधारमा विश्वका १० धनी देशको सूचीको पहिलो नम्बरमा लग्जम्बर रहेको छ । युरोपको सानो मुलुक यो विश्वका बैंकहरूका लागि नमुना पनि हो ।

यहाँ २ सय वटा बाणिज्य बैंकहरू रहेका छन् । यहाँ १ हजारभन्दा बढी लगानी कोषहरू सञ्चालनमा रहेका छन् । यो देश दक्ष र शिक्षित मानिस रहेको देशको रूपमा चिनिन्छ । यहाँको जीडीपी ८९ दशमलव १ बिलियन अमेरिकी डलर रहेको छ भने यहाँको प्रतिव्यक्ति आम्दानी १ लाख ४० हजार ३ सय २१ अमेरिकी डलर रहेको छ ।


त्यसैगरी आयरल्याण्ड विश्वको धनी मुलुकको दोस्रो नम्बरमा रहेको छ । यो देशमा बहुराष्ट्रिय कम्पनीहरूलाई छुट दिइएको छ । विश्वका नाम चलेका बहुराष्ट्रिय कम्पनीका क्षेत्रीय कार्यालयहरू यहाँ रहेका छन् । यहाँको जीडीपी ५ सय ८९ दशमलव ५७ बिलियन अमेरिकी डलर रहेको छ । यहाँको प्रतिव्यक्ति आय १ लाख १७ हजार ९ सय ८८ रहेको छ ।


तेस्रो नम्बरमा विश्वमा सबैभन्दा धेरै पर्यटक भित्र्याउने स्वीजरल्याण्ड रहेको छ । यहाँको स्विस बैंक विश्वभर चर्चित छ । यो बैंकमा कालो धन राख्ने गरिएको छ । यो देशले मेडिकल र कम्युटर उपकरणहरू निर्यात गर्ने गरेको छ । यो देशको जीडीपी ८ सय १३ बिलियन अमेरिकी डलर रहेको छ । यो देशको प्रतिव्यक्ति आय १ लाख १० हजार २ सय ५१ अमेरिकी डलर रहेको छ ।
युरोपियन मुलुक नर्वे चाँैथो नम्बरमा रहेको छ ।

यो देशले युरोपमा अन्य देशलाई खनिज तेल र बिद्युत् बेच्ने गरेको छ । यो देशमा चल्ने सवारी साधन मध्ये ९० प्रतिशत इलेक्टिक सवारी साधन रहेको छ । यो देशको जीडीपी ५ सय ४६ दशमलव ७७ बिलियन अमेरिकी डलर रहेको छ । यो देशको प्रतिव्यक्ति आय १ लाख २ हजार ४ सय ६५ अमेरिकी डलर रहेको छ ।

विश्वको ठूलो व्यापारिक केन्द्र एसियाली मुलुक सिंगापुर ५औँ स्थानमा रहेको छ । यो देशमा उच्च आय भएका धेरै मानिस बस्ने गरेका छन् । सानो भुबनोट भएको यो देशको जीडीपी ४ सय ९७ दशमलव ३५ बिलियन अमेरिकी डलर रहेको छ । यो देशको प्रतिव्यक्ति आय ९१ हजार ७ सय ३३ अमेरिकी डलर रहेको छ ।

बिश्वका धनी देशको ६औँ नम्बरमा आइसल्याण्ड रहेको छ । यहाँको अर्थतन्त्र माछा, आल्मोनियम लगायतका सामान निर्यातमा टिकेको छ । यो देशले कुल ग्राहस्थ उत्पादनको ४० प्रतिशत आल्मोनियम र ३५ प्रतिशत माछा निर्यात गरेर आम्दानी गर्ने गरेको छ । यो देशको जीडीपी ३० दशमलव ५८ बिलियन डलर रहेको छ । यो देशको प्रतिव्यक्ति आय ८७ हजार ८ सय ७५ अमेरिकी डलर रहेको छ । यो देशको जनसंख्या ३ लाख ७३ हजार मात्रै रहेको छ ।


मध्यपूर्वको कतार ७औँ नम्बरमा रहेको छ । खनिज तेल बेचेर मनग्य आम्दानी गर्ने यो देशको जीडीपी २३५ दशमलव ५ बिलियन अमेरिकी डलर रहेको छ भने यहाँको प्रतिव्यक्ति आय ८३ हजार ६० अमेरिकी डलर रहेको छ । यो देशको जनसंख्या २९ लाख मात्रै रहेको छ ।


महाशक्ति राष्ट्र अमेरिका ८औँ स्थानमा रहेको छ । यो विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक हो । यो देशले उद्योग, व्यापारलाई बढी प्राथमिकता दिएको देखिन्छ । यो देश विश्वमा हतियार निर्यात गर्ने देशको सूचीमा शीर्ष स्थानमा रहेको छ । यो देशको जीडीपी २९ दशमलव ९५ टिलियन अमेरिकी डलर रहेको छ । यो देशको प्रतिव्यक्ति आय ८३ हजार ६६ अमेरिकी डलर रहेको छ । यो देशको जनसंख्या ३३ करोड २० लाख रहेको छ ।


९आँै नम्बरमा रहेको डेनमार्क विश्वका खुसी र सुखी मानिसहरू बस्ने देशको पहिलो सूचीमा पनि रहेको छ । यो देशले बिद्युत्, खनिज तेल र औषधी बेचेर मनग्य आम्दानी गरिरहेको छ । यो देशको जीडीपी ४२० दशमलव ८ बिलियन अमेरिकी डलर रहेको छ । यो देशका जनताको प्रतिव्यक्ति आय ७२ हजार ९ सय ४० अमेरिकी डलर रहेको छ ।

बिश्वभर जुवाको लागि प्रसिद्ध मकाउ १०औँ नम्बरमा रहेको छ । संसारको सानो ४० वटा जुवाघरहरू रहेको यो देशको मुख्य आम्दानीको रूपमा क्यासिनो र पर्यटन क्षेत्र रहेको छ । यो देशको जीडीपी २२ दशमलव ८ बिलियन अमेरिकी डलर रहेको छ । यहाँका मानिसको आम्दानी (प्रतिव्यक्ति आय ७० हजार १ सय ३५ अमेरिकी डलर रहेको छ ) । यहाँको जनसंख्या ६ लाख ९५ हजार मात्र रहेको छ ।