किलियन एम्बाप्पे २० डिसेम्बर सन् १९९८ मा फ्रान्सको राजधानी पेरिसमा जन्मिएका थिए। विल्फ्रिड र फेयजाका सन्तान उनी आफ्नो साना भाइ एथनसँगै पेरिसको बाहिरी क्षेत्र बन्डीमा हुर्किएका थिए। पिता विल्फ्रिड फुटबल प्रशिक्षक भएकाले एम्बाप्पेले सानै उमेरदेखि फुटबल खेल्न शुरू गरे, छिट्टै आफ्नो प्रतिभा पनि देखाउन थाले। एएस बन्डीको युथ टिममा सामेल भएर खेल्न थालेका उनको प्रतिभालाई मोनाकोका स्काउट्सले सही पहिचान गरे। सन् २०१५ मा १६ वर्षको उमेरमा उनले मोनाकोसँग आफ्नो व्यावसायिक फुटबल करियरको पहिलो सम्झौतापत्रमा हस्ताक्षर गरेपछि मोनाकोबाट डेब्यू गरे। छोटो समयमा नै उनले आफूलाई युरोपका सबैभन्दा प्रतिभाशाली युवा खेलाडीमध्ये एक रहेको प्रमाणित गरे।
मोनाकोबाट खेलेको पहिलो सिजनमा नै उनले सबै प्रतियोगितामा २६ गोल गरे। जसले क्लबलाई लिग–१ को शीर्ष बन्न ठूलै मद्दत ग¥यो। सन् २०१७ को गर्मीमा एम्बाप्पे १ सय ८० मिलियन युरोमा पेरिस सेन्ट जर्मन (पिएसजी) मा स्थानान्तरण भए। त्यस समयमा उनी नेयमार पछिको दोस्रो सबैभन्दा महँगा खेलाडी बने। त्यसपछि त झन् एम्बाप्पेले पिएसजीमा अझै प्रभावशाली प्रदर्शन गरे। उनले त्यहाँ १ सय ४४ खेलमा १ सय गोलको कोशेढुंगा पूरा गरे। त्यतिमात्र होइन, उनी सम्मिलित पिएसजीले ६ पटक लिग–१ को उपाधि, ४ पटक कुप डी फ्रान्सको उपाधि र दुई पटक कुप डी ला लिग उपाधि जित्यो। जसमा २०१९–२० सिजनको घरेलु क्वाड्रूपल पनि समावेश रहेको छ।
उनले क्लबलाई पहिलोपटक सन् २०२० को युइएफए च्याम्पियन्स लिगको फाइनलमा पु¥याएका थिए। उनी पिएसजी क्लबका सर्वाधिक गोलकर्ता हुन् भने असिस्ट गर्नेमा तेस्रो स्थानमा पर्छ। उनी फ्रेन्च लिग–१ इतिहासका सातौं उच्च गोलकर्तासमेत हुन्। सन् २०२४ मा एम्बाप्पे फ्री ट्रान्फरमा स्पेनिस ला लिगा क्लब रियल मेड्रिडमा स्थानान्तरण भएका भए। सन् २०१७ मा फ्रान्सको राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले २०१८ को फिफा विश्वकपमा प्रमुख खेलाडीको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै फाइनलमा २ गोल गर्नुका साथै प्रतियोगिताभरि कुल चार गोल गरेका थिए। त्यससँगै एम्बाप्पे विश्वकप फाइनलमा गोल गर्ने दोस्रो किशोर खेलाडीसमेत बने। उक्त विश्वकपमा तीव्र गतिमा पनि बललाई सजिलै नियन्त्रणमा राखेर गोल गर्नसक्ने खुबीका कारण उनी निकै चर्चित बनेका थिए। उनले मैदानमा १ सय मिटर दूरीमात्र १० दशमलब ५ सेकेन्डमा दौड्ने क्षमता राख्छ।
सन् २०२२ को फिफा विश्वकपमा पनि उनैको प्रभावशाली प्रदर्शनले फ्रान्स लगातार दोस्रोपटक फाइनलसम्म पुगेको थियो। फ्रान्स उपविजेता बनेको उक्त फाइनल खेलपछि एम्बाप्पेले गोल्डन बुट र सिल्भर बल जित्नुका साथै विश्वकप फाइनलमा सबैभन्दा बढी गोल गर्ने रेकर्डसमेत बनाए। एम्बाप्पे आफ्नो गति, ड्रिब्लिङ कौशल र उत्कृष्ट गोल गर्ने क्षमताका कारण चर्चित छन्। उनी एक बहुकार्यशील खेलाडी हुन् जोसँग स्ट्राइकर, विंगर र आक्रामक मिडफिल्डरको रूपमा खेल्नसक्ने गुण छ। अहिले एम्बाप्पेमात्र २५ वर्षका छन् र उनीसँग अझै धेरै वर्ष फुटबल खेल्ने समय बाँकी छ।
उनलाई सन् २०२३ मा विश्वविख्यात टाइम्स म्यागजिनको ‘संसारका १०० सबैभन्दा प्रभावशाली व्यक्तिहरू’ को सूचीमा समावेश गरिएको थियो। आम्दानीको विषयमा पनि उनको अवस्था राम्रै रहेको एक तथ्यांकले देखाउँछ। सन् २०२४ मा एम्बाप्पेको नेटवर्थ १ सय ८० मिलियन अमेरिकी डलर रहेको अनुमान गरिएको छ। एम्बाप्पे विश्वभरका युवा फुटबल खेलाडीको आदर्शसमेत हुन्। उनले बालबालिकाको च्यारिटीमा धेरै रकम दान गरेका छन् र समाजमा सकारात्मक प्रभाव पार्ने काम पनि गर्दै आएका छन्। हामीले कहिले पनि हार मान्नुहुँदैन। हरेक दिन हाम्रो सपना पूरा गर्नका लागि काम गर्नुपर्छ। यदि कसैले कडा मिहिनेत गरेर सपना पूरा गर्ने साहस राख्छ भने निश्चितरूपमा असम्भव भन्ने केही हुँदैन भनेर एम्बाप्पेले प्रमाणित गरिदिएको छ।
सामाजिक हितमा एमबाप्पेको सहभागिता :
एमबाप्पे बालबालिका र शिक्षाको क्षेत्रमा निकै सक्रिय छन्। समाजका गरीब र अपहेलित बालबालिकालाई राम्रो शिक्षा प्राप्त गर्ने कार्यमा उनले आफ्नो गहिरो चासो देखाउँदै आएका छन्।
एम्बाप्पेले आफ्ना पुरस्कार रकम र कमाइको एक हिस्सा च्यारिटी संस्थासँग साझेदारी गर्दै विभिन्न सामाजिक कार्यमा खर्चने गर्छन्। विशेषगरी, उनले फ्रान्सका गरीब बालबालिकाको भरणपोषण र स्वास्थ्य सुविधाका लागि सहयोग गरेका छन्।
एम्बाप्पे शारीरिक र मानसिक रूपमा असक्षम भएका व्यक्तिलाई खेलकुदमा सहभागी गराउने कार्यमा पनि अग्रसर छन्। खेलकुदमा सबैलाई अवसर र समावेशी रूपमा सबैको पहँुच पु¥याउन उनी विभिन्न अभियानमा सहभागी हुने गरेका छन्।
एमबाप्पे फ्रान्सको च्यारिटी संस्था “एचझष्भचक मभ ऋयचमéभ” सँग संलग्न छन्, जसले अपांगता भएका बालबालिकालाई खेलकुदको अवसर प्रदान गर्दछ।
कोभिड–१९ महामारीको समयमा पनि एमबाप्पेले फ्रान्सको अस्पताल र स्वास्थ्य सेवा क्षेत्रमा ठूलो सहयोग गरेका थिए। उनले स्वास्थ्यकर्मीको मद्दतका लागि ठूलो रकम दान पनि गरेका थिए।
एमबाप्पेले सामाजिक अन्याय र भेदभावविरुद्ध आवाज उठाउँदै आएका छन्। उनले अफ्रिकी मूलका खेलाडीहरूमाथि गरिने भेदभाव र रंगभेदको विरोध गर्दै सामाजिक समानताको पक्षमा स्पष्ट अभिव्यक्ति दिंदै आएका छन्।
प्रतिक्रिया