कामपाका मेयर साहको स्टन्टबाजी: दरबारमार्गको कार्यक्रमको बल्ल प्रतिवेदन तयार

36.1k
Shares

काठमाडौँ। 

  स्टन्टबाजी गर्न खप्पिस काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले  शुक्रवार दरबारमार्गमा सम्पन्न  जागरण सभामा  फोहोर गरेको आरोप लगाउदै १ लाख जरिवावा सहितको पत्र काटेको ६ दिनपछि बल्ल प्रतिवेदन तयार भएको छ । कामपा स्रोतका अनुसार कामपा प्रहरीले पत्र तयार गरेको हो । 

  यसअघि कारबाही गर्नुअघि प्रतिवेदन तयार गर्ने प्रचलन थियो । मंगलबार सम्पन्न कामपाको बैठकमा मेयर साहले एकलौटी निर्णय गरेर पत्र काटेको उपमेयर सुनिता डंगोल र ८ जना वडाअध्यक्षले  आरोप लगाएपछि आज बिहान हतारमा प्रतिवेदन तयार गरेको हो । 

 प्रतिवेदन तयार गर्नुअघि  कार्यक्रम स्थलमा स्थलगत निरीक्षण गरी त्यो  दिन भएको गतिविधिको सिसिटिभी फुटेज हेरेपछिमात्र प्रतिवेदन तयार गर्नुपर्ने थियो । तर, कारबाही गरेरै छाड्ने मनसायका साथ हचुवाको भरमा प्रतिवेदन तयार गरेको हो । स्रोतका अनुसार उक्त प्रतिवेदनपछि कारबाही प्रक्रिया अघि बढाउने तयारी भएको छ । 

 यरअघि कामपा वातावरण विभागले काट्नुपर्ने पत्र महानगर प्रहरी वलले काटेको थियो । प्रतिवेदन तयार गर्दा वातावरण विभागमा कार्यरत एक नगरप्रहरीले हस्ताक्षर गरेको हो । यसअघि जागरण सभा सम्पन्न भएकै दिन बेलुकी एमालेले कार्यक्रम स्थलमा फोहोर गरेको भन्दै कामपाले १ लाख जरिवाना सहितको पत्र काटेको थियो । एमालेले पत्रबुझ्न इन्कार गरेपछि भोलीपल्ट पार्टी कार्यालय पुगेको नगरप्रहरी रित्तै फर्किएको थियो । त्यसलगत्तै सोमबार इमेल र हुलाकबाट एमालेलाई पत्र पठाएको थियो ।