स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि पाँच उम्मेदवार दौडमा

7.99k
Shares

बाजुरा। 

स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि ५ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट पुल्तिसरा शाही, नेकपा एमालेबाट सुलोचना कुमारी भण्डारी बुढा,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुना देवी थापा भोटे धामी, नेकपा एकीकृत्त समाजवादीबाट जवा शाही र नेकपा माओवादी केन्द्रबाट राजुकुमारी विकले उम्मेदवारी दर्ता गराएका हुन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वामीकार्तिकका अनुसार आइतबार  बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ। उपाध्यक्ष मैना जोशीको २०८० माघ ४ गते निधन भएपछि रिक्त सो पदमा उपनिर्वाचन हुन लागेको हो। स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन्। यही मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन हुँदैछ।

 निर्वाचनमा मुख्यतया नेपाली काँग्रेस र नेकपाएमाली वीच प्रतिश्पर्धा हुने देखिन्छ । नेकपा माओवादी केन्द्र र नेकपा समाजवादी लगायतका दलहरु गठबन्धन हुनसक्ने भनिएको थियो । अन्ततः आफ्नो दलको पहिचान कायम राख्नकालागि जिल्ला स्थित सबै राजनीतिक दलले आ–आफ्नै उम्मेदवार उठाएका छन्।