रास्वपाका सभापति लामिछानेविरुद्ध फेरि पक्राउ पुर्जी जारी


काठमाडौँ।

काठमाडौं जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछाने र छविलाल जाेशीलाई पक्राउ पुर्जी जारी गरेको छ । स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा प्रहरीले अनुसन्धान गर्न पक्राउ गर्न माग गरेकोमा अदालतले उक्त आदेश दिएको हाे।

काठमाडौं जिल्ला अदालतका न्यायाधिश शिशिरराज ढकालले आइतबार पक्राउ पुर्जी जारीका लागि अनुमति दिएसँगै कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीमाथि अनुसन्धानको बाटो खुलेको छ।

यस सहकारी ठगी प्रकरणमा ६४५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए।