काठमाडौं ।
कुनै पनि पार्टीसँग चुनावी तालमेल नगर्ने भने पनि अन्ततः माओवादीले दुइवटा दलसँग सहमति गरेको छ ।
जसअनुसार माओवादीले किर्तिपुरमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एस र जसपासँग तालमेल गरेको हो । कीर्तिपुरको मेयर पदका लागि नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जनले मनोनयन दर्ता गरेका छन् ।
मंसिर १६ को स्थानीय तह उपचुनावका लागि एकीकृत समाजवादी र जसपासँग तालमेल गरेको माओवादीले महर्जनलाई उम्मेदवार बनाएको हो ।
शनिवार माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा र नेकपा एसका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले कीर्तिपुरको मेयरमा माओवादी र काठमाडौं महानगरपालिका–१६ को वडाअध्यक्षमा नेकपा एसलाई उठाउने सहमति गरे पछि सो स्थानमा महर्जन उम्मेदवार भएका हुन् ।
सो दिपक्षिय सहमतिअनुसार अब कीर्तिपुरको मेयरमा माओवादीका महर्जनलाई नेकपा एसले सघाउनेछ भने नेकपा एसले काठमाडौं– १६ मा उठाएका वडाध्यक्ष उम्मेदवारमीनबहादुर मानन्धरलाई माओवादीले सघाउनेछ ।
उता किर्तिपुर–१ मा भने माओवादीले जसपाका सरल महर्जनलाई सघाउने भएको छ, जसका कारण माओवादीका अष्टमान महर्जनले उम्मेदवारी नदिइकन फर्केका छन् । उनले पार्टीको तालमेल नीति स्विकार भएको भन्दै जसपा उम्मेदवारलाइ सघाउने भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया