काठमाडौँ।
पूर्व सभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । फ्रन्टलाइन अस्पतालमा उपचारको क्रममा आज दिउँसो दुई बजे उनको निधन भएको हो।
स्वास्थ्यमा समस्या आएपछि उनलाई फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो ।
कानुन व्यवसायको क्षेत्रमा पनि निकै ख्याति कमाएका ढुंगाना पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित थिए ।
वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुख थिए । उनले तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका पनि खेलेका थिए ।
प्रतिक्रिया