उदयपुर ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले उच्च अदालत विराटनगर र सर्वौच्च अदालतको फैसलाले सजाय र जरिवाना तोकिएका दुई जना फरार प्रतिवादीहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा पठाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार उच्च अदालत बिराटनगरको मिति २०७९ चैत्र ३ गतेको फैसलाले लेनदेन मुद्दामा २ वर्ष कैद र रं ५ लाख जरिवाना तोकिएका त्रियुगा नगरपालिका १२ बस्ने वर्ष ५४ का बालसेर राई रहेका छन् ।
यसैगरी सर्वोच्च अदालतको मिति २०८०।१।२९ गतेको फैसलाले बन मुद्दामा ३ लाख ६८ हजार ६ सय पैतालिस रुपैया जरिवाना तोकिएका त्रियुगा नगरपालिका वडा नं ५ खारखोला बस्ने वर्ष ६७ को तेज बहादुर राना मगरलाई पक्राउ गरी फैसला कार्यान्वयनकालागि उदयपुर जिल्ला अदालतमा पठाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
प्रतिक्रिया