मौसम पूर्वानुमान: पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायमै, यी दुई प्रदेशमा वर्षाको सम्भावना


काठमाडौँ ।

देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। मध्य तराई भु-भागका थोरै स्थानहरुमा हल्का हुस्सु/कुहिरो लागेको अवस्था छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश  र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

आगामी २४ घण्टा तराईका क्षेत्रमा बिहानीपख र राती बाक्लो हुस्सु र कुहिरोको संभावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।