बुटवल।
सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा विहीबार दिउँसो कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् । रास्वपाका कार्यकर्ताहरूले मोटर साइकल रर्यालीगर्दै बुटवल देखि भैरहवा पुगेका छन् ।
मंगलबार कास्कीबाट भैरहवा ल्याइएका रविलाई मँगलबार मौखिक बयान लिइएको थियो भने बुधवार ९ घण्टासम्म लिखित बयान लिएपनि पूरा नभएपछि विहीबार पुनः बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय उपस्थित गराइएको छ । रवि निर्दोष रहेको भन्दै रास्वपाका कार्यकर्ताहरूले सरकार विरुद्ध नाराबाजि गर्दै भैरहवा पुगेका हुन् । रविको बयान आजै सकिने र ४. ४० को फलाईटमा उनलाई पुनः पोखरा पठाइने गरी प्रहरीले तयारी गरेको छ । पोखरा पठाउने समयमा जिल्ला सरकार वकिलको कार्यालयदेखि विमानस्थलसम्म उनको समर्थनमा नारा लगाउँदै विदाई गर्ने कार्यक्रम रहेको बताइएको छ ।
रविलार्ई सहकारी ठगी र सङ्गठित अपराधकै कसुरसम्बन्धी प्रश्नहरू सोधिएका छन्। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका पूर्व गृहमन्त्री लामिछानेलाई मङ्गलवार दिउँसो रुपन्देही ल्याइएको थियो ।
प्रतिक्रिया