२६ हजार ७ सय ९९ मतदाता कायम


काठमाडौं ।

निर्वाचन आयोगले आगामी मंसिर १६ गते आइतबार हुने उपनिर्वाचनको २ लाख २६ हजार ७ सय ९९ मतदाता कायम भएका छन्। आयोगले उपनिर्वाचनमा हुने स्थानीय तहको लागि सो संख्या कायम गरेको हो।

आयोगले स्थानीय तहको उपनिर्वाचन हुने स्थानीय तहको कुल मतदाता संख्या प्रकाशित गरेअनुसार स्थानीय तहमा महिला मतदाता १ लाख ११हजार ८ सय ९६, पुरुष मतदाता १ लाख १४ हजार ९ सय र अन्य मतदाता ३ गरी कुल मतदाता संख्या २ लाख २६ हजार ७ सय ९९ मतदाता कायम गरिएको थियो। ती मतदाताका लागि १ सय ६२ मतदान स्थल र २ सय ९३ मतदान केन्द्र स्वीकृत भएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिनुभयो। मंसिर १६ गते ४२ पदका निर्वाचन हुनेछ।

स्वीकृत मतदाता नामावलीबमोजिम मंसिर १५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरूमध्ये महिला मतदाता ८९ लाख ३ हजार १ सय ९७, पुरुष मतदाता ९२ लाख २५ हजार ४ सय ४८ र अन्य मतदाता १ सय ८७ गरी कुल १ करोड ८१ लाख २८ हजार ८ सय ३२ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको आयोगले जनाएको छ।

प्रदेशगत रूपमा सबैभन्दा बढी मतदाता वागमती प्रदेशमा रहेका छन् भने सबैभन्दा कम मतदाता कर्णाली प्रदेशमा रहेका छन्। त्यसै गरी जिल्लागत रूपमा सबैभन्दा बढी मतदाता मोरङ र सबैभन्दा कम मतदाता मनाङमा छन्।

१ लाख ४० हजार मतदाता थपिए

आयोगका अनुसार स्थानीय तहको निर्वाचन २०७९ मा भन्दा आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनमा १ लाख ४० हजार मतदाता थपिएका छन् । स्थानीय तहको उपनिर्वाचन, २०८१ का लागि निर्वाचन आयोगको अन्तिम मतदाता नामावलीअनुसार १ लाख ४० हजार २ सय ६२ मतदाता थपिएका हुन् ।

२०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता रहेका छन्। उपनिर्वाचन प्रयोजनका लागि प्रकाशन भएको अन्तिम नामावलीअनुसार मतदाताको संख्या १ लाख ४० हजार २ सय ६२ बढेर १ करोड ८१ लाख २८ हजार ८ सय ३२ पुगेका छन् ।

गत निर्वाचनमा ९१ लाख ४० हजार ८ सय ६ पुरुष मतदाता र ८८ लाख ४७ हजार ५ सय ७९ महिला मतदाता थिए। अगामी उपनिर्वाचन प्रयोजनका लागि प्रकाशित भएको अन्तिम मतदाता नामावलीअनुसार पुरुष मतदाता ८४ हजार ६ सय ४२ मतदाता थपिएर ९२ लाख २५ हजार ४ सय ४८ पुगेका छन् भने ५५ हजार ६ सय १८ मतदाता थपिएर ८९ लाख ३ हजार १ सय ९७ पुगेका छन्।

गत वैशाख १४ मा सम्पन्न प्रतिनिधिसभाको उपनिर्वाचन प्रयोजनका लागि प्रकाशित भएको अन्तिम मतदाता नामावलीअनुसार १ करोड ८० लाख ८८ हजार ९ सय ८३ मतदाता रहेका थिए अहिले भने ३९ हजार ८ सय ४९ मतदाता बढेर १ करोड ८१ लाख २८ हजार ८ सय३२ पुगेको छ।