काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज फेरि अदालतमा उपस्थित गराइँदै छ। लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक थप गरेको १० दिनको म्याद सकिएपछि आज अदालतमा उपस्थित गराउन लागिएको हो।
प्रहरीलाई उनी विरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते कार्तिक १५ गतेदेखि २४ गतेसम्मका लागि १० दिनको म्याद थपेको थियो । उनी विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दामा अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया