हात्तीवनमा सडक भासिँदा यात्रुवाहक बसको आधा भाग खाल्टोमा


काठमाडौँ।

ललितपुरको हात्तीवनमा सडक भासिँदा एक यात्रुवाहक बसको आधा भाग खाल्टोमा छिरेको छ । निरन्तर परेको पानीका कारण सडक कमजोर बनेपछि सडक भासिएको अनुमान गरिएको छ ।

शनिवार दिउँसो बस गुडिरहेका बेला सडकमा प्वाल परेपछि बसको आधा भाग अचानक खाल्टोमा फसेको हो । बसलाई सुरक्षित रूपमा निकाल्ने प्रयास जारी छ उक्त दुर्घटनामा मानवीय क्षति भने नभएकोबताइएको छ । अविरल वर्षाका कारण धेरै स्थानमा सडकहरू बिग्रने क्रम जारी छ ।