मन्थली खुर्कोट जोर्ने पुल सुनकोसीले बगायो

41.17k
Shares

रामेछाप । 

रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पुल सुनकोसी नदिमा आएको बाढीले बगाएको छ । शुक्रवार देखि परेको अविरल वर्षा पश्चात् आएको बाढीले मन्थली नगरपालिका र गोलन्जोर गाउँपालिकामा जोड्ने खुर्कोटको पुल बगाएको हो । सुनकोसी नदिमा बढेको पानीको बहाले पुलको रामेछाप तर्फको भागमा क्षति गरेको रामेछाप प्रहरीले जनाएको छ । 

निर्माण थालेको साढे चार वर्षपछि खुर्कोट पुल बनेको थियो । रामेछापवासीले वर्षौँदेखि प्रतीक्षा गरेको सुनकोसी नदीको पुलको २०७० साल चैत तिर निमार्ण सम्पन भएको थियो । अहिले सुनकोकोशीको जल सतह बढ्दो क्रममा रहेकाले स्थानीयले बताएका छन् । 

झन्डै एक सय एक मिटर लामो छ । दुई स्पान पुल बनाउन एसियाली विकास बैङ्कको अनुदानमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाले उक्त पुलको निर्माण गरेको थियो। 

आयोजना र निर्माणमा संलग्न अनक, वाईपी तुन्डी जेभी बिच पुल निर्माणका लागि करिब १६ करोडमा सम्झौता भएको थियो । सो क्षेत्रमा पुल नहुँदा रामेछापबाट काठमाडौँ र तराई जाने यात्रु झोलुङ्गे पुल प्रयोग गर्न बाध्य छन् । उक्त पुलबाट सामान तार्दा प्रतिबोरा ७५ रुपैयाँसम्म शुल्क तिर्ने गरेका थिए ।