बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ


काठमाडौं ।

बर्दियामा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ११ जब्दी बस्ने बर्ष अन्दाजी ४० वर्षीय शिव प्रसाद थारु रहेका छन् ।

प्रहरीका अनुसार सोही ठाउँ ५ तर्कापुर बस्ने बर्ष अन्दाजी ३९ वर्षीय मीना थारुको घरमा गई धारिलो हतियार प्रहार गर्दा टाउको र घाँटीमा गहिरो चोट लागी घाईते भएकी थिइन् ।

उनलाई उपचारको लागी नगर अस्पताल जयनगर बर्दियामा लगिएको र उपचारको क्रममा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

हत्या गरी फरार रहेका पुरुषकाे खोजतलाश गर्दा बारबर्दिया नगरपालिका ५ सिटीबरेलीमा भाग्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।