भोटेकोशीमा बोलेरो खस्दा बेपत्ता चालकको शव फेला


काठमाडौं ।

भोटेकोशी नदीमा बोलेरो जिपसहित बेपत्ता भएका चालकको शव फेला परेको छ । गत भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानी स्थित भोटेकोसी नदीमा बोलेरो गाडी खसेर बेपत्ता चालकको शव फेला परेको हो ।

उक्त गाडीका चालक भोटेकोशी गाउँपालिका-५ सानु तामाङको शव  सिन्धुलीको फिक्कल गाउँपालिका-६ स्थित सुनकोशी नदीबाट सशस्त्रको टोलीले सोमबार निकालेको जनाएको छ। तामाङको शव उनका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ।