सिटी एक्सप्रेसको दशैं-तिहार योजना सार्वजनिक 


काठमाडौँ। 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले  दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै  उपहार योजना सार्वजनिक गरेको छ । १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमाआफ्ना ग्राहकवर्गहरुसँग  पर्वको खुसी साट्न लगातार ९० दिन सम्म सञ्चालन हुने  “१८औँ वर्षमा १८ गुणा , परिवारमा खुसी लाखौ गुणा” उपहार योजना घोषणा गरिएको सिटी एक्सप्रेसले जनाएको छ। 

 उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत  हरेक महिना २ जनालाई सामसुङको स्मार्ट  फोन,  हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टि भी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई  जनही रु ५०० को वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजनामा रहेको सिटी एक्सप्रेस ले जनाएको छ । 

कम्पनीका अनुसार यो योजना  असोज १ देखि मङ्सिर ३० गते सम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले जनाएको छ।