२ सय २३ किलो गाँजासहित २ जना नियन्त्रणमा


हेटौंडा ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा–१५, रातोमाटे चेकपोष्टस्थित पूर्वपश्चिम लोकमार्ग सडकमा सवारी चेक गर्ने क्रममा गाँजासहित २ जनालाई नियन्त्रणमा लिएको छ ।

हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको वा. २१ च ५२२६ नम्बर पिकअप चेक गर्ने क्रममा पिकअपचालक धादिङको थाक्रे गापा–४ बस्ने वर्ष ३४ का जीवन मगर र सोही गाडीमा सवार वडा–६ बस्ने वर्ष ३० का प्रदीप क्षेत्रीको शरीर तथा पिकअप गाडीसमेत खानतलासी गर्दा गाडीको ढालाभित्र लुकाइल्याइएको अवस्थामा २ सय २३ किलो लागुऔषध गाँजा फेला परेको हो ।

उक्त लागुऔषध, पिकअप गाडीसहित उनीहरुलाई आइतबार विहान करिब ५ बजे नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालतबाट १० दिन म्याद थप अनुमतिसाथ अनुसन्धान कार्य भइरहेको प्रहरीले बताएको छ ।