युनाइटेड गोल्डकप रड्स रामपुरलाई

564
Shares

नवलपरासी ।

पूर्वी नवलपरासीमा संचालित ३८ओैं युनाइटेड गोल्डकपको उपाधि रामपुर रड्स चितवनले जितेको छ। शनिबार सम्पन्न फाईनल खेलमा प्रतिस्पर्धी वातासिनो योङ्गस्टार कावासोतीलाई १–० गोलले पराजित गर्दै रड्स रामपुर उपाधि जितेको हो।

निरन्तरको वर्षाबीच फाइनल खेल शुरु भएको थियो । पहिलो हाफ बराबरी रहे पनि मध्यानतर पछिको १२ ओैं मिनटमा रड्स रामपुरका लागि समीप ढकालले गोल गरे । उनको गोल नै उपाधिका लागि निर्णायक बन्यो।

विजेता टिम रड्स रामपुरले २ लाख ५० हजार नगद प्राप्त गर्दा उपविजेता टिम वातासिनो योङ्गस्टारले १ लाख ५० हजार नगद हासिल गरेको थियो। आयोजक युनाइटेड क्लब हुप्सेकोटको निर्णय अनुसार सेमिफाइनलमा हारेका २ टिमलाई २०/२० हजार नगद प्रदान गरिएको छ।

त्यसै गरि प्रतियोगिताका उत्कृष्ट खेलाडी,गोलकिपर,सर्वाधिक गोलकर्ता र अनुशासित टिमलाई ८/८ हजार नगदले सम्मानित गरिएको थियो। यही भदौ १४ गतेबाट प्रारम्भ भएको सो प्रतियोगितामा चितवन,पश्चिम नवलपरासीलगायत जिल्ला भित्रका १६ टिमको सहभागिता रहेका थिए।