भदौ ३० गते आइतबार, यस्तो छ तपाईंको राशिफल


मेष : दिन शुभ छ । शारीरिक सुखको अनुभूति, गरेका काम सफल, स्वास्थ्य लाभ होला ।

वृष : राजनीतिमा सफलता, पुरस्कृत–सम्मानित, सुखानुभूति हुने सम्भावना देखिन्छ ।

मिथुन : समय अनुकूल नहुँदा स्वास्थ्य खराबी, धन क्षति, बाधा–व्यवधान आउन सक्छ ।

कर्कट : तपाईंका लागि समय शुभ छ । धनलाभ, व्यक्तित्व विकास, कार्य पूर्णता हुन सक्छ ।

सिंह : दिन बलवान् छ । पैसा प्राप्ति, परीक्षा, खेलकुद आदिमा विजय, सम्मान हुन सक्छ ।

कन्या : तपाईंले आँटेका कार्य सफल, आर्थिक लाभ, बौद्धिक क्षमतामा वृद्धि हुने देखिन्छ ।

तुला : सजग रहनुस् । पाचन समस्या, आलस्यता, के गर्ने के नगर्ने अवस्था आउन सक्छ ।

वृश्चिक : सभय शुभ भएकाले द्रव्यलाभ, मान वृद्धि, व्यापारिक सफलता, ज्ञान वृद्धि होला।

धनु : दिन अनुकूल भएकाले आर्थिक लाभ, सुख, सन्तुष्टि, व्यवसायबाट लाभ हुन सक्छ।

मकर : सानै प्रयासमा धनलाभ, पुरस्कार–सम्मान प्राप्ति, कार्य सफल हुने देखिन्छ।

कुम्भ : समय अनुकूल छैन । आर्थिक अभाव, चोटपटकको भय, धोका हुने सम्भावना छ।

मीन : कर्तव्य गर्नुस् । आर्थिक लाभ, मिष्ठान्न भोजन, साथीभाइबाट प्रसन्नता होला।