भदौ २८ गते शुक्रबार, यस्ताे छ तपाईंकाे राशिफल


मेष : समय शुभ भएकाले राजनीतिमा सफलता, मान–सम्मान, फलदायी यात्रा हेला ।

वृष : दिन अनुकूल नहुँदा रोगव्याधि, काममा बाधा, आर्थिक समस्या हुन सक्छ ।

मिथुन : समय शुभ छ । धन प्राप्ति, विपरीतलिंगीबाट सहयोग, शुभ यात्रा हुन सक्छ ।

कर्कट : दिन उत्तम फलदायक छ । धनलाभ, खेलकुद–परीक्षामा विजय, सुख–सन्तोष होला ।

सिंह : समय अनुकूल छ । काममा सफलता, आर्थिक लाभ, सुख–सन्तोष, स्फूर्ति होला ।

कन्या : सजग रहनुहोला । अपच, विनाकाममा दौडधूप, अल्झन आइलाग्ने सम्भावना छ ।

तुला : तपाईंका लागि दिन शुभ छ । आर्थिक उन्नति, पराक्रम, वस्तु वा सेवा प्राप्ति हुन सक्छ ।

वृश्चिक : दिन शुभ भएकाले बौद्धिकता वृद्धि, कूटनीतिमा सफलता, धनलाभ हुने देखिन्छ ।

धनु : मिष्ठान्न भोजन, व्यवसायबाट आम्दानी, गरेका कार्य सफल नहोला भन्न सकिन्न ।

मकर : धन हानि, स्वास्थ्य समस्या, विवाद, नैराश्यता हुन सक्छ । सजग रहनु बेस ।

कुम्भ : तपाईंका लागि दिन शुभ छ । सम्पत्ति–खाद्यान्न प्राप्ति, आर्थिक लाभ हुने देखिन्छ ।

मीन : सानै प्रयासमा काममा सफलता, हर्षोल्लास, नवीन कार्यमा जोश हुने देखिन्छ ।