स्ट्रेन्जर थिङ्स : विज्ञानमा आधारित डरलाग्दो सिरिज

0
Shares

ओटीटीको दुनियामा चर्चा कमाएको वेब सिरिजमध्ये स्ट्रेन्जर थिङ्स पनि एक हो।
यो एक अमेरिकी नेटफिल्क्स वेब सिरिज हो। जसलाई डफर ब्रदर्सनामक प्रोडक्सन हाउसले निर्माण गरेको छ। यसको सन् २०१६ मा पहिलो, २०१७ मा दोस्रो, २०१९ मा तेस्रो र २०२२ मा चौथो सिजन रिलिज भएको थियो। यसमा विनोना राइडर, डेभिड हार्बर, फिन वोल्फहार्ड, मिली बबी ब्राउन, नतालिया डायर, चार्ली हिटनजस्ता कलाकारले अभिनय गरेका छन्।

-यो विज्ञानमा आधारित कथाका साथमा डरलाग्दो वेब शृंखला हो। यसमा रिसर्च रोमान्स र थ्रिलरका साथमा सुपर एक्सन हिरो देख्न सकिन्छ।

-यो सिरिजको कथा पूर्णतया काल्पनिक भए पनि केही वास्तविक घटनाबाट प्रेरित छ। विशेषगरी कोल्डवारको समयमा विश्वका विभिन्न देशका सरकारले आफ्नो शक्ति बढाउन गोप्य रूपमा जसरी षड्यन्त्र प्रयोग गर्थे, त्यसै घटनाबाट प्रेरित भएर डफर ब्रदर्सले यसको कथा बुनेका छन्।

-सिरिजको कथा ८० को दशकको हो। यो इन्डियानाको ग्रामीण सहर हकिन्समा आधारित छ। यसको कथाअनुसार शहरमा अचानक अनौठा घटना हुन थाल्छन्, यस क्रममा एक बालक बेपत्ता हुन्छ। त्यो बच्चाको अन्य तीन साथी हुन्छन्, जो उमेरमा सानो तर धेरै होनहार र चलाख हुन्छ।

-हकिन्स शहरमा रहेको राष्ट्रिय प्रयोगशालामा अमेरिकी ऊर्जा विभागका मानिसले अनुसन्धान शुरू गर्दा कथामा वास्तविक ट्विस्ट आउँछ। रिसर्चको क्रममा केही अलौकिक शक्ति एक संसारबाट हाम्रो संसारमा आएका छन् भन्ने पुष्टि हुन्छ र कथा यस्तै कहानी वरिपरि घुम्छ। जसले दर्शकलाई उत्तेजित र तरंगित पार्दै लान्छ।

-सिरिजको पहिलो सिजन हराएको बच्चा विल बायर्सको खोजी र नयाँ दुनियाको खोजीमा आधारित छ। बच्चाकी आमा, उसको भाइ, भाइका केही स्कुले साथी र बेपत्ता बालकका ठग साथी मिलेर उसलाई खोज्छन्। जसमा उनीहरूलाई हकिन्स सहरका प्रहरी प्रमुखले पनि साथ दिन्छन्। यस एपिसोडमा उनीहरूले इलेवननामक केही असाधारण शक्ति भएकी बच्चीलाई पनि भेट्छन्।

-स्ट्रेन्जर थिङ्सको दोस्रो सिजनको कथा पनि पहिलो सिजनजस्तै छ। उनीहरू अलौकिक शक्तिलाई पार गर्दै विललाई खोज्छन् र हकिन्स शहरलाई सुपरनेचुरल पावरबाट आफूतिर फिर्ता लिन खोज्छन्। यसपटक उनले थप बल प्रयोग गर्छन्। यसै क्रममा विभिन्न रहस्य खुल्दै जान्छन्।

-तेस्रो सिजनमा भने कथामा नयाँ ट्विस्ट आउँछ। यसपटक सबैजना अर्को संसारबाट जनावरलाई पूर्णरूपमा हटउँछन् र यो संसारमा आउने बाटो पनि बन्द भएको छ।

-सबैको जीवन सामान्य गतिमा चलिरहेको हुन्छ, तर पछि थाहा हुन्छ कि ती अप्राकृतिक शक्ति फेरि फर्किन्छन्, प्रयोगशालामा अशान्ति छाउँछ र इलेभेनले आफ्नो सुपरपावर पनि गुमाउँछिन्।

-बालबालिकाका साथमा अन्य दशर्कमाझ निकै लोकप्रिय यस सिरिजले प्राइमटाइम, एमी अवार्ड, ग्रामी, स्क्रिन एक्टर्स गिल्ड अवार्ड, ग्लोब अवार्ड, ब्रिटिश एकेडेमी टेलिभिजन अवार्ड, डाइरेक्टर्स गिल्ड अफ अमेरिका, राइटर्स गिल्ड अफ अमेरिकाजस्ता दर्जनौं अवार्ड चुमेको छ।

-दर्शक स्टे«न्जर थिंग्सको पाचौं सिरिज हेर्न आतुर छन्। नेटफिल्क्स्ले सन् २०२५ मा रिलिज गर्ने भनिएकोे सिरिजको पाँचौं सिजनको ट्रेलर सार्वजनिक गरिसकेको छ।

-नेल फिसर, जेक कोनेली र एलेक्स ब्रेउक्सजस्ता कलाकारले सिरिजमार्फत चाँडै जादू फैलाउनेछन्। अन्तिम सिजन भनिएको पाचौं सिजनको फ्रेञ्चाइजी भने जारी रहने नेटफिल्कसले घोषणा गरेको छ।