काठमाडौँमा युवती बलात्कृत, एक पक्राउ


काठमाडौं।

२३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँ व्यास नगरपालिका-९ घर भई कास्की पोखरा बस्ने २४ वर्षीय सुदिप पौडेललाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ ।

पौडेलले ती महिलालाई काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित प्यासिफिक गेष्ट हाउस तथा अपार्टमेन्टको १०४ नम्बर कोठामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।