इतिहासमाथि इतिहास रच्दै स्क्विड गेम

0
Shares

कोरियाली नेटल्फ्क्सि सिरिज स्क्विड गेमको लोकप्रियता विश्वव्यापीरूपमा फैलिएको छ। स्क्विड गेमले एकपछि अर्को गर्दै मनोरञ्जनको दुनियाँमा विश्वव्यापीरूपमा इतिहासमाथि इतिहास रचेको थियो। ह्वाङ दोङ ह्युकले नेटफ्लिक्सका लागि निर्माण गरेको सिरिजको पहिलो सिजनमा ली जोङ जे, पार्क हे सो र जङ हो एनले अभिनय गरेका छन् । वर्गीय अवस्था, पैसा, पावर र एक प्रकारको खेलमा आधारित यो सिरिज सन् २०२१ मा रिलिज भएको थियो। नेपाली युवा पुस्तामाझ समेत लोकप्रिय यस सिरिजका प्रशंसक दोस्रो सिजन प्रिमियरका लागि उत्सुकतापूर्वक पर्खिरहेका छन्।

-स्क्विड गेम दक्षिण कोरियाली सिरिज हो। जसले ऋणको बोझले थिचिएका ४ सय ५५ जना खेलाडीले भाग लिएको एक गोप्य प्रतियोगिताको कथा भन्छ ।

-स्क्विड गेम दक्षिण कारियामा बच्चाहरूले खेल्ने एक प्रकारको खेल हो। तर, जुन बच्चाको खेल मानेर उनीहरू खेलमा सहभागी हुन्छन्, त्यसमा नयाँ नयाँ ट्विस्ट आउँछ।

-ऋणमा डुबेका ती खेलाडीले खेल जितेमा ४५.६ बिलियन साउथ कोरियन वान पुरस्कार पाउने आशामा सो गेममा भाग लिन्छन्। खेलमा यस्तो नियम हुन्छ कि जुन खेल हेरेमा खेलबाट मात्र हट्ने होइन, जीवनदेखि नै हट्नुपर्ने हुन्छ। जसका कारण सबै खेलाडी जसरी पनि गेम जित्नैपर्ने लक्ष्यमा हिँड्छन्।

-९ एपिसोडको सो सिरिजमा ६ वटा गेम छन् । पहिलो रेड लाइट, ग्रिन लाइट, दोस्रो म्यान विथ द अम्ब्रेला, तेस्रो टग अफ वार्स, चौथो ग्यानबु र पाँचौं खेल ग्लास स्टेपिङ स्टोन हो। जसमा खेलाडीले काँचको पुल तर्नुपर्ने हुन्छ। छैठौं र अन्तिम गेम भने द स्क्विड गेम हो।

-पाचौं खेलसम्म खेलाडीले एक अर्कासँग कुनै पनि हिंसात्मक व्यवहार गर्न पाउँदैनन्। तर छैठौं द स्क्विड गेम त्यस्तो खेल हो, जसमा खेलाडी आफूले जित्नका लागि जस्तोसुकै हदमा पुग्नुपर्ने हुन्छ।

-जब पुरस्कारले आफूहरूलाई ऋणबाट सधैँका लागि मुक्त गर्ने कुरा थाहा पाउँछन्, उनीहरूले ठूलो नगद जित्ने आशामा गेम खेल्छन्। पैसाको अघि यस्तो खतरनाक अवरोध आउँछ, यो कुरा उनीहरूलाई थाहा हुँदैन।

-स्क्विड गेमले टेलिभिजनको ओस्कार मानिने एमी अवार्डमा गैरअंग्रेजी भाषाको सिरिजतर्फबाट सर्वाधिक धेरै विधामा मनोनित भएर रेकर्ड राखेको थियो। सन् २०२२ को एमी आवर्डमा १४ विधामा मनोनयन परेको स्क्विड गेमले ६ एमी अवार्ड जितेको थियो।

-स्क्विड गेम एमी आवर्डमा नोमिनेसनमा पर्ने र अवार्ड जित्ने पहिलो गैरअंग्रेजी सिरिज हो। यसअघि गैरअंग्रेजी सिरिजले एमी अवार्ड जित्न त के मनोनयनमा समेत परेका थिएनन्।

-यो सिरिज सन् २०२१ को नोभेम्बर महिनामा एक हप्तामा सबैभन्दा बढी हेरिएको सिरिजको पहिलो नम्बरमा आएको थियो।

-शोले प्रस्तुत गरेको गहन विषय, मनोवैज्ञानिक रूपमा तंरगित पार्नेखालका दृश्य, यसका कलाकार र उनीहरूको अभिनयका साथै, रहस्यमयी कहानीका कारण स्क्विड गेम कोरियामा मात्र होइन विश्वमै चर्चित बन्न पुगेको छ।

-तीन वर्षपछि फेरि पनि स्क्विड गेम टिम क्विड गेम २ का साथ दर्शकमाझ आउँदैछ। यसको दोस्रो सिजन डिसेम्बर २६ मा प्रसारण हुने घोषणा गरिएको छ।