जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ


काठमाडौं।

कीर्तिपुर नगरपालिका-९ बस्ने काभ्रे तेमाल गाउँपालिका-९ घर भएका ६३ वर्षीय धन बहादुर तामाङको टहरोमा जुवातास खेलिरहेको अवस्थामा धन बहादुर समेत ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नेपाली ३४ हजार २ सय १५ रूपैयाँ, कम्बोडियन २ हजार रियाल, कतारी ८ रियाल, मलेशियन २ रिङ्गिट, भारतीय २० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।