भदौ २६ गते बुधबार, यस्ताे छ तपाईकाे राशिफल

48.22k
Shares

मेष: तपाईंका लागि शुरुमा स्वास्थ्य समस्या भए पनि बेलुकीपख लाभ, सम्मान हुने देखिन्छ ।

वृष: धनलाभ, जीवनसाथीबाट सहयोग हुने देखिन्छ । बेलुकीपख भने रोग, कार्यबाधा हुन सक्छ ।

मिथुन: दिन शुभ फलदायक छ । आर्थिक लाभ, स्वास्थ्यलाभ, प्रेममा सफलता, शुभ यात्रा होला ।

कर्कट: समय शुभ भएकाले काममा सफलता, धनलाभ, प्रतिस्पर्धामा विजय सुख हुने देखिन्छ ।

सिंह: स्वास्थ्य प्रतिकूल हुन सक्छ । बेलुकीपख स्वास्थ्य अनुकूल हुँदा कार्य सफल हुने देखिन्छ ।

कन्या: दिन शुभ हुँदा द्रव्यलाभ, पराक्रम वृद्धि होला । बेलुका भने दौडधूप, तनाव हुन सक्छ ।

तुला: तपाईंका लागि समय शुभ छ । धनलाभ, क्षमता वृद्धि, पुरस्कार प्राप्तिको सम्भावना छ ।

वृश्चिक: दिन शुभ फलदायक छ । अन्नलाभ, उपहार प्राप्ति, कूटनीतिक सफलता, सन्तोष होला ।

धनु: धननाश, स्वास्थ्य समस्या हुन सक्छ । बेलुकीपख भने भाग्योदय, कार्य सफल हुने देखिन्छ ।

मकर: उत्तम भोजन प्राप्ति, लाभ हुने देखिन्छ । बेलुका भने अस्वस्थता हुने सम्भावना छ ।

कुम्भ: समय शुभ छ । सुख–सन्तोष, कार्य सफल, सेवा वा वस्तु प्राप्ति, आर्थिक लाभ होला ।

मीन: दिन शुभ भएकाले राज्यबाट लाभ, कार्य सफल, मन प्रफुल्लित हुने सम्भावना छ ।